0 COMMENTS

काठमाडौ२८फागुन/ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह गर्न नसकिने बताएका छन् । छुट्टै मधेश राज्यको माग गर्दै आएको सीके राउत समुहसंग भएको सहमति पछि सरकार बिवादमा तानिएपछि प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

राष्ट्रिय सुरक्षा परिषदको १८ बार्षिकोत्सवको अवसरमा सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले बिखण्डनबादी सानो भएपनि त्यसले मुलुकभर असर पार्ने भएकाले त्यस्ता समुहलाई राज्यको नियन्त्रणमा ल्याउनु सरकारको पहिलो दायित्व भएको बताए ।

राष्ट्रिय अखण्डताको बिषयमा जनमत संग्रह हुन नसक्ने दावी गर्दै उनले यस बिषयमा सरकारले सोच्न पनि नसक्ने भएकाले यसतर्फ चिन्ता नगर्न उनले आग्रह गरे । याे समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।