शिवम् सिमेन्टको आईपीओ बाँडफाँड, मागे जति सबैलाई शेयर

2019-03-06   अर्थ

काठमाडौं, फागुन २२ / शिवम् सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। सर्वसाधारणतर्फ न्युनतम ५० कित्तादेखि ५ हजार २२० कित्तासम्मको आवदेन दिनेले मागे जति सबैले शेयर पाएका छन्।

एक लाख कित्तासम्म आवेदन दिनेले भने ५ हजार ६४० कित्ता शेयर पाएका छन्। ६५ हजार ६३० कित्ताभन्दा माथिको आवदेन दिनेमध्ये ११ जनाले थप १० कित्ता र ५ जनाले थप १ कित्ता शेयर पाएका हुन्। त्यस्तै स्थानीयबासीले मागेजति शेयर पाएका छन्। साथै बिक्री नभएको ९४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको छ।