0 COMMENTS

मिलन चाम्लिङ,  धरान२१फागुन/काठमाडौ रहेको बेरि जोन एक्टिङ स्टुडियोले नाटक तुम्बी बाजे काठमाडौमा मन्चन गरिसके पछी यति बेला धरान १९ मा रहेको ब्रीटिस कम्युनिटी हलमा शनिबारदेखि मन्चन गरिरहेको छ ।
हाम्रो बाउ बाजेहरुले छाडेर गएको पुरानो सम्पदाहरु भ्रष्टाचारिहरुले डलरमा बेचीरहेको र अब हामीले खबरदारी गरेर जगेर्ना गर्न तिर लाग्नु पर्ने यदि एकजुट हुन नसके हामी हाम्रो अस्तित्व बिहिन हुनुपर्छ र एकता नै बल हो भने भ्रष्टाचार विरुद्ध सबैले आवाज उठाउनु पर्ने र माया प्रेम आउने उत्तरचढाबलाई नाटकमा देखाइएको छ ।
नाटकमा उदय बेघा लिम्बू, सुमन राई, प्रमिशा राई, अस्मिता लिम्बू ,निशान्त खत्री, रुपेश झा, समीर कुवँर, पुशन राई ,प्रमोद रावल र रोयल राय लगायतको अभिनय देख्न सकिन्छ ।नाटक लेखन विष्णु नेम्वाङ गरेको हो भने निर्देशन मुस्कान राईले गरेको छन ।नाटक फागुन २२ गतेसम्म मन्चन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।