0 COMMENTS

मेलबर्न । अष्ट्रेलिsabita-Lamaयाको स्थानीयस्तरको प्रतिष्ठित अवार्डबाट एक नेपाली युवती सम्मानित भएकी छिन् ।
विभिन्न क्षेत्रमा सहयोग तथा सेवा गरेवापत सरकारले प्रदान गर्ने ‘बैंकर्स् कम्युनिटी भोलेन्टीयर अवार्ड’द्धारा नेपाली युवती सविता लामा सम्मानित हुनुभएको हो ।

उहाँले सिड्नीमा रहेका नेपाली बालवालिकालाई नेपाली नृत्य सिकाउँदै आउँनुभएको छ । उहाँलाई बुधवार सिड्नीमा आयोजित एक कार्यक्रममा अष्ट्रेलियाका संघीय संचारमन्त्री माल्कम टर्नवुलले सम्मान गरेका थिए । अष्ट्रेलियामा रहेका दर्जनभन्दा बढी मुलुकका प्रतिनिनिधलाई उनीहरुले समाजमा गरेको सेवाको सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको थियो ।
लामाले अष्ट्रेलियामा बसोवास गरिरहेका नेपाली बालवालिकाहरुलाई नेपाली नृत्य, भाषा लगायत नेपाली सँस्कृति सिकाउन सक्रिय भएवापत लामालाई उक्त सम्मान प्रदान गरिएको संचारमन्त्री माल्कम टर्नवुलले बताएका थिए ।

नेपाली समुदायका लागि भाषा, स्वास्थ्य, रोजगारी लगायतका कार्यक्रमहरुमा सहयोग गर्दै आइरहेको सेन्ट जर्ज माइग्रेसन रिसोर्स सेन्टरले लामालाई अवार्डका लागि मनोनीत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।