झापा गोल्डकप शनिबारबाट सुरु, प्रतियोगिता २७ गतेसम्म चल्ने

2019-03-02   खेलकुद

झापा१८फागुन/ झापा गोल्डकप शनिबार देखी सुरु हुँदैछ । झापा गोल्डकपको चौथो संस्करण शनिबार सुरु हुनलागेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्नुहुनेछ ।

उद्घाटन खेलमा आयोजक झापा ११ एफसी र सहारा क्लब पोखरा बीच भिडन्त हुनेछ । १८ फागुनदेखि २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।

प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लबसहित विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल ९एपीएफ० र नेपाल पुलिसका साथै मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार, मोरङ–११, रूपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकाडेमीको सहभागिता रहने झापा गोल्डकपका आयोजकले जताएका छन् ।