0 COMMENTS

माघ महिनामा विशेष महत्व रहेको स्वस्थानी व्रत कथा कि मुख्य पात्र माता सतिदेवीले आफ्ना बाबुको यज्ञ शालामा आत्मदाह गरेको कुरा हिन्दु धर्ममा आस्था राख्ने हरेकका लागि नौलो कथा होइन।

हरेक घटना विभिन्न कारण हरुले घट्ने गर्दछन भने घटना घटिसके पछि पनि धेरै कारणहरु बन्न सक्छन्। सतिदेवीले आफ्ना पति प्रति पिताको निन्दनीय वचन सहन नसकी आत्महत्या गर्दा पतन भएका सम्पूर्ण अङ्ग सँगै उत्पत्ति भएका करोडौं शक्ति पीठ हरुको दर्शनले आज हामीमा शान्ति मिलेको अनि धन्य भएको अनुभव गर्छौ जुन घटना हुनुको पछाडि अर्कै रहस्य रहेको कथा पनि कुनै कुनै शास्त्रमा सुन्न पाइन्छ।

देवाधिदेव महादेवले सतीदेवीलाई सम्पूर्ण भगवानका अवतार अनि विभिन्न रुप धारण गरेर पूरा गरिने कार्यहरूको वर्णन सुनाउने क्रममा एकपटक राम अवतार काे पालो भएको रहेछ अनि महादेवले राम पूर्ण ब्रम्ह परमात्मा हुनुहुन्छ र केही काम सिद्ध गर्न का लागि मात्र पृथ्वीमा मानव रूपमा हुनुहुन्छ भनेको सुने पछि माता सतिदेवी लाई खै किन विश्वास लागेनछ अनि संका लागेकोमा महादेव सँग रामको परीक्षा लिने अनुमति माग्नु भएछ।

जून कुरा शंकर भगवानलाई मन नपरेको भएपनी मर्यादित भएर परीक्षा लिने आज्ञा दिनु भएछ। अनि माता सतिदेवी ले अनुकूल समयको खोजी गरिरहँदा बेला भएछ रामको वनबास काे समयको बेलामा भएको सीता हरणको अनि सतिदेवीले यही समयलाई उचित ठानी आफू सीता बनेर रामका अगाडि जानू भएछ। राम साधारण मानव भए मलाइ देखेर दंग पर्ने छन् साँच्चै परमात्मा नै रहेछन् भने पनि जे त होला भनेर हुन सक्ने परिणामको ख्याल नगरी सीता बनेर बसेकी सतिदेवी लाई रामले चिनीहाल्नु भएछ र साष्टाङ्ग दण्डवत् गरी किन दुःख गर्नु भएको माता भनेर सोधिदिनु भएछ।

अनि माता सतिदेवी लाई हुन सम्मको लाज भएछ र केही नबोली अन्तर्ध्यान हुनु भएछ। अनि गएर हतार हतार शंकर जी लाई यी कुराहरु सुनाउनु भएछ। जुन कुरा जानकार हुँदा हुँदै पनि महादेवले सतीदेवी लाई प्रश्न गर्नु भएछ कि तिमीले रामको परीक्षा लिने क्रममा आफ्नो मर्यादा त भंग गरिनौ नी?

त्यसपछि सतिदेवीले राम पूर्ण ब्रह्म परमात्मा नै भएको र आफु परीक्षा पश्चात लज्जित भएको कुरा बताउनु भए पछि शंकर भगवानलाई नराम्रो लाग्न पुगेछ र अब उहाँले सतिदेवी लाई पत्नी को नभई माताको व्यवहार गर्न थाल्नु भएछ र केही समय पछि याे कुराको जानकारी पाएकी सतिदेवीले पनि अब आफ्नो शरीर अपवित्र भएको सम्झी यसलाई त्याग्ने विचार गर्नु भएछ र जसलाई पवित्र पार्नको लागि अग्निको साहारा लिने मनसायले उचित समयको पर्खाइमा बसेकी सतिदेवीले आफ्नो बाबुको अस्वमेघ यज्ञ लाई सही मानी आत्मदाह गर्नु भएको रहेछ।

यसरी आफ्नै माइती घरको पवित्र कार्यमा विध्वंस मच्चिने गरी भएको घटनाले सिकाउने विभिन्न कुरा हरुमा भगवानको शक्तिमा संका गर्नु हुँदैन, आफ्ना पतिले भनेका कुरा हरू मान्नु पर्छ, कसैको निन्दा गर्दा कसैलाइ पर्न जाने पीडाको याद गर्नु पर्छ र कुनै पनि नारीले आफ्ना श्रीमान हुँदा हुँदै जानेर वा नजानेरअर्काकी श्रीमती बन्न जाँदा अन्ततः उसले अकाल मृत्यु वरण गर्नु पर्छ भन्ने नै हो। यी र यस्ता कथाहरू मा विश्वास गर्नु नगर्नु अनि मान्नु नमान्नु आ आफ्ना कुरा हुन् तरहरेक व्यक्तिले गरेका कामहरुबाट मिल्ने परिणाम भने आफ्ना बसका हुँदैनन। त्यसैले हरेक नारीले आफ्नो कर्तव्य र संस्कारको ख्याल गरेर मात्र कुनै कदम चाल्नु आफ्नै लागि राम्रो हुने भएपनि एउटी नारीले सहनशील भएर व्यवहार चलाउनका लागि भने एउटा पुरुषमा पनि आफ्नो परिवार प्रति कर्तव्य परायणता
 तथा पत्नि व्रत धर्मको भने पालना गरेको हुनु पर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।