0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ ४ फागुन/  विभिन्न जातजाति , भाषाभाषी ,धर्म संकृति , धनी गरिब , ठुलो सानाे , उच निच , लगाएतका अाधारमा समाज बिभाजन हुदै गएको यसले समाज लाई कमजोर बनाएको र सेवा र सहयोगकाे भावना हराउदै गएको भन्दै समाज लाई भावनात्मक रुपमा एकताबद्ध बनाउन भन्दै सहभाेज अायाेजना गरिएको छ । लमजुङको बेसीशहर – ११ चिति कार्किडाँडा बाट बेसीशहर बजारमा स्थायी वा अस्थायी तरिकाले बसाेवास गर्ने हरुकाे संगठन चिति कार्किडाँडा सेवा समाजले उक्त भाेजकाे अायाेजना गरेको हाे ।

सुरुमा कार्किडाँडा सेवा समाज भनेर स्थापना भएको संस्था लाई चिति कार्किडाँडा सेवा समाज , चिति सेवा समाज , लमजुङ सेवा समाज , नेपाली सेवा समाज बनाउने यसले नेपाली समाजमा एउटा नयाँ सन्देश दिने समाजका अध्यक्ष शिव सिलुवाल बताउनु हुन्छ एकअापसमा दुख सुख साँटासाँट गर्ने संस्थाका सदस्य हरु बिच चिरपरिचित हुन पाउनु र मानवीय भावना सामाजिक भावना काे बिकासकाे लागि संस्था स्थापना भएको उहाँको तर्क छ । संस्थाले सिङ्गै नेपाली समाज लाई रचनात्मक र सकारात्मक सन्देश दिदै जानेछ ।

लमजुङको राइनासकाेट मा सहभाेज कार्यक्रम भएको थियोे साथै समाजकाे पहिलो अधिवेशन पनि सम्पन्न भएको छ । संस्थाकाे गतिविधि लाई सक्रियता का साथ ईमानदारी पुर्बक अगाडि बढाउन सफल हुनुभएको भन्दै पुन शिव सिलुवाल काे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजमा कसैले पनि एक्लो महशुस गर्न नपराेस् , भाईचारा , सद्भाव , समाजका सम्पूर्ण दाजुभाइ बिच बलियो एकता बनाउने र संस्थाकाे कुनै एक सदस्य लाई दुख पर्दा अरु सदस्य हरुले सक्दाे सहयोग गर्ने परिपाटीको बिकास गर्नु नै संस्थाकाे उद्देश्य रहेको समाजका सल्लाहकार यबं लमजुङ का पुर्ब जि बि स सभापति शंकरकान्त जाेशि बताउनु हुन्छ । समाजमा दाजुभाइ बिच मनमुटाव हुन नदिन , सहयोगी भावना काे बिकास गर्न संस्थाले सकारात्मक भुमिका खेल्ने संस्थाका बरिस्ठ सदस्य भरत बहादुर बिष्टको भनाइ छ ।

प्रतेक महिनाकाे एकदिन छलफल अायाेजना गरेर संस्थाले सदस्य हरुमा परेको सुखदुःख काे वारेमा जानकारी लिने र समस्या समाधान गर्न सहयोग गर्ने गरेको छ । यसअघि संस्थाले तिजमा सामुहिक दर कार्यक्रम अायाेजना गरेको थियोे । अार्थिक पारदर्शिता , सामाजिक सेवा , मानवीय सेवा , समाजलाई नयाँ नयाँ सन्देश दिने खालका कार्यक्रम ल्यायका कारण याे संस्थामा नयाँ सदस्यता लिएर सहभागी हुने हरु धेरै भएका छन् तर नयाँ सदस्यता दिन सर्बसम्मत निर्णय हुनुपर्ने हुनाले गलत मान्छे हरु संस्थामा प्रवेश गर्न अप्ठ्यारो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।