0 COMMENTS

काठमाडौं २९माघ०७५/ सामान्य बिरामी हुँदासमेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छ । डाक्टरको सल्लाहबिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसका लागि यी सावधानी अपनाऔँ :

– सधै डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौँ । त्यो सही मात्रा र समयमा खाने गरौँ

– कतिपय औषधि उस्तै उस्तै त हो नि भनेर खाने चलन छ त्यसो नगरौँ, जसले स्वास्थ्यमा नकारात्मक असर गराउँछ ।

– खोकी लाग्नु, टाउको दुख्नु आदि कैयौँ रोगका लक्षण हुने भएकाले रोग पत्ता लगाएर मात्र औषधि सेवन गर्ने गरौँ, अन्यथा स्वास्थ्यका लागि घातक हुन सक्छ ।

– पेनकिलरको अनावश्यक प्रयोग गर्नु हुँदैन । यसका कारण रक्तश्राव, अल्सर, पेट सुन्निने जस्ता समस्या हुन सक्छ

– निश्चित रोगका लागि लिएको औषधि घटी बढी भएमा नकारात्मक असर गर्न सक्छ । त्यसैले आवश्यक मात्रामा मात्र औषधि लिऔँ नयाँ पत्रिकामा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।