तारकेश्वर ४ मा बाल मञ्जरी मन्टेश्वरी स्कूलको शुभारंभ हुने

2019-02-09   शिक्षा

सुक्लां ब्रम्ह विचार सार परमां मा ढ्याम जगत् व्यापिनिम ।
विणा, पुस्तक धारीणिम अभयेदा जाड्यान्त कारा पहाम्।।१।।
हस्ते स्फाटिक मालिकाम त दधतिम पद्मासनेसंस्थिम।
बन्दे तां परमेश्वरीं भगवतीं बुद्धि प्रदां सारदाम्।।२।।

तारकेश्वर ४ स्थित लोलाङ हाईट काे रमणिय स्थान मा  बाल मञ्जरी मन्टेश्वरी स्कूलको शुभारंभ हुने भएकाे छ ।२०७५ साल माघ २७ गते वसन्त पञ्चमी तथा श्री पञ्चमीको पावन अवसर पारेर१० देखि २२ महिना सम्मका साना साना बालबालिका हरुको लागि बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म हेरविचार गर्ने व्यवस्था सँगै २३ देखि ६९ महिना सम्मका बालबालिका हरुलाई मायालु परिवेशमा खेलाउँदै नचाउँदै र घरायसी वातावरणमा उनीहरूको स्वास्थ र मनोविज्ञान लाई ध्यानमा राखेर सामाजिक सद्भाव र संस्कारको पनि विकास हुने गरी समय र परिस्थिति कोमाग अनुसार मन्टेश्वरी शिक्षण विधि एव ECD विधि बाट तालिम प्राप्त शिक्षक शिक्षिका हरु द्वारा आकर्षक ढंगले सजाइएका कक्षा कोठा भित्र उनीहरूको उमेर र रुचि अनुसारका खेलहरू का साथै अन्य कार्यक्रम हरुको पनि आयोजना गर्दै  अङ्ग्रेजी माध्यम मा पढाई हुने गरी तारकेश्वर ४ स्थित लोलाङ हाईट काे अत्यन्त रमणिय स्थान मा अवस्थित बाल मञ्जरी मन्टेश्वरी स्कूलको शुभारंभ हुन गइरहेकोकुरा स्कूल संन्चालक ले   बताए ।

समय सापेक्ष शुलभ मासिक शुल्क साथै शान्त वातावरणमा तीन पटक सम्म स्वास्थ बर्धक खाना र खाजा को व्यवस्था सँगै बाल बालिका केन्द्रित पढाई हुने उक्त स्कूलमा प्ले ग्रुप, नर्सरी, एल .के .जी र यू .के .जी मा वैशाख महिना सम्म हुने गरी निःशुल्क भर्ना को सुबिधा प्रदान गरिएको हुँदा आजै आफ्ना बालबालिका हरुको सिट सुरक्षित गर्नकालागी  मन्टेश्वरीले अावहान गरेकाे  छ ।

स्वीमिङ पुल र नयाँ खेल सामाग्री हरुको उचित तयारीका साथ व्यस्त आमाबाबु हरुका प्यारा सन्तति हरुको उज्ज्वल भविष्य को चाहना पूरा गर्ने उद्देश्यले शुरू गर्न लागिएको सो स्कूलमा प्रेम र आदर को भाव लाई अँगाली बालबालिकाको सिर्जनात्मक क्षमता को पहिचान र विकास गरी अनुशासित र मेधावी बनाउने प्रयत्न गरिने संन्चालकले बताए ।