0 COMMENTS

काठमाडौँ, २३ माघ / तारकेश्वर नगरपालिकाको चौथो नगरसभाले  विभिन्न विषयगत समितिमार्फत नगरपालिका सञ्चालनमा आवश्यक विधेयक सर्वसहमतिबाट स्वीकृत गरेको छ । नगरसभाबाट नगरपालिकाको चालू आर्थिक वर्षको पूँजीगत बजेटतर्फ करीब रु ७० करोड ८७ लाख र चालूतर्फ रु ४० करोड १३ लाख बजेट विनियोजन गरिएको छ ।

चालू आवमा नगरसभाबाट स्वीकृत वडास्तरीय योजना कूल ३४५ वटा भएकामा २०७५ पुस मसान्तसम्ममा १०८ योजनाको सम्झौता भएर १५ योजनाको कार्य सम्पन्न भई फरफारकसमेत भएको नगर प्रमुख रामेश्वर बोहोराले बताउनुभयो । लागत साझेदारी कार्यक्रमतर्फ कूल ४३ योजना स्वीकृत भएकामा ३७ सम्झौता भई नौ योजना कार्य सम्पन्न भइसकेको प्रमुख बोहोराले बताउनुभयो ।

चालू आवको पुस मसान्तसम्मको भौतिक प्रगतितर्फ सडक ढलान तीन किमी, साइड ड्रेन ७२० मिटर, रिटेनिङ वाल एक हजार ६१५ घमि, ह्युमपाइप ४५० मिटर र नाली ७५० मिटर सम्पन्न भएको छ ।

नगर उपप्रमुख भवानी डोटेल धितालले नगरपालिकाको लक्ष्य भनेको नगरवासीलाई समृद्ध बनाउनु हो भन्नुभयो ।लागि नगरपालिकाबाट प्राकृतिक स्रोत उपयोग नीति तर्जुमा गरी सोही नीतिका आधारमा नगर क्षेत्रभित्र रहेका सम्पूर्ण प्राकृतिक स्रोतको दिगो उपयोग गरिने नीतिलाई अवलम्बन गर्दै लगिने बताइएको छ । लागत साझेदारी कार्यक्रमअन्तर्गत परियोजना कार्यान्वयन अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरी कार्यान्वयन गरिने तथा समग्र वस्तुस्थिति झल्कने गरी सबै वडालाई समेटी नगर विवरण तयार गरिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।