0 COMMENTS

 क्लेप्टोमेनिया कोटेश्वर निवासी ,२५ वर्षका विमल रन्जित (नाम परिवर्तन )लाई उनको बुबाले उपचारार्थ भेनस अस्पतालको स्नायु तथा मनोरोग क्लिनिकमा लिएर आउनु भयो। विमलका बुबा नाम चलेको ब्यापारी हुन् ,जो धेरै स्कुल -कलेज र सहकारीसङ्ग आबद्ध हुनुहुन्छ।परिचय पश्चात् विमलको बुबाले अध्यारो मुख लगाउदै बिमलको रोगको बारेमा बताउन थाल्नुभयो।

उहाँको अनुसार विमलको रोग सुरु भएको पाँच वर्ष भयो,जब उसले भर्खर इन्जिनियरको पढाई सुरु गरेको थियो।त्यतिखेर उसलाई काठमाडौकै एक जना वरिष्ठ मनोचिकित्सककोमा लगियो र उसलाई ´ओ .सि .डि.´ भन्ने रोग लागेको निदान गरि उपचार सुरु गरियो।उपचार गर्दैजादा विमलको समस्या कम हुदै गयो।यता उसले पढाई पनि जारी राख्यो।तर रोगको कारण उसको पढाई भने खस्कदै गएको थियो अहिले उ तेस्रो वर्षमा अध्ययनरत छ तर उसको पहिलो र दोश्रो वर्षका ब्याकपेपरहरु बाकी छ्न ।

अझैपनि उसले ओसिडीको लागी औसधी खाईरहेकै छ।सबै कुरा ठिक थियो तर एक्कसी तिन महिनादेखि विमलमा अनौठो समस्या देखापर्यो।कतै जादा उसले चोरी गर्न थाल्यो।उसले खाली मोबाईल चोरी गर्दथ्यो।धेरैपल्ट न्युरोडमा मोबाईल चोर्ने क्रममा उ पक्राउ पनि पर्यो। उ सङ्ग दाजूले अमेरिकाबाट पठाईदिएको राम्रो एप्पलको मोबाइल छदै थियो र उसलाई पैसाको पनि कमि थिएन।उसले कुराकानीमा बताए अनुसार उ कतै जादा वा घुम्दा मोबाईल देख्यो भने मोबाईल चोर्ने मन लाग्ने हुन्थ्यो।मोबाईल नलिएसम्म उसलाई के गरु,कसो गरु भनी छट्पटी हुन्थ्यो।मोबाइल लिएपछि भने केहि बेर उसलाई शान्ति हुब्थ्यो।त्यसरी चोरेको मोबाइल प्रयोग नगरी कोठामै थन्क्याएर राख्थ्यो।

यसरी चोर्ने क्रममा कतिपटक उसलाई पुलिसले पनि समात्यो।उसको बुबाले उपचार पुस्तिका देखाएपछि उ सजाय पाउनबाट जोगिन्थ्यो।विमल र विमलको बुबासङ्गको कुराकानी पछि उसलाई क्लेप्टोमेनिया भएको निक्र्यौल गरियो। क्लेप्टोमेनिया एक प्रकारको ´इम्पल्स कन्ट्रोल डिसअर्डर` हो जसमा व्यक्तिले चोरी गर्न मन लाग्ने तीब्र इच्छालाई नियन्त्रण गर्न सक्दैन र चोरी नगरे सम्म उसलाई छटपट्टाई हुन्छ।ब्यक्तिले यसमा समानहरु चोर्ने गर्द्छ जसको उसलाई आवश्यकता हुदैन।न त उसले पैसाको लागी चोरी गरेको हुन्छ।उसले चोरेको मोबाइल कि अरुलाई दिन्छ कि लुकाएर राख्छ वा लगेर फिर्ता दिन्छ।यस्तो चोरी गर्न सो ब्यक्तिले न त विशेष योजना बनाएको हुन्छ न त उसका अरु साथीहरू हुन्छन। संसारभर हुने चोरिको घटनाहरुमा ४ देखी २० प्रतिशतमा यस्तो समस्या भएको हुन सक्ने अनुसन्धानले देखाएका छ्न।पुरुषको तुलनामा महिलाहरूमा यो समस्या बढी भएको पाईएको छ।क्लेप्टोमेनिया भएका ब्यक्तिहरुमा अरुपनी मनोसामाजिक समस्या छ्न कि भनि निदान गरिनुपर्छ।डिप्रेशन (निराशापन)ओसिडी ,लागुपदार्थको कुलत ,एङ्जाइटी(मनोत्रास) आदि समस्याहरु यसैसङ्ग जोडिएर आउन सक्ने समस्या हुन।त्यस्तैगरी यो बिरामी भएकाहरुमा सुस्त मनस्थिति,मस्तिष्कका रोगीहरु छ्न कि छिन भनि जाचहरु गर्न जरुरी हुन्छ ।

क्लेप्टोमेनियाको उपचारको निम्ति यस सङ्ग सम्बन्धित भएर आएका अरु समस्याहरुको उपयुक्त बिधिद्वारा उपचार गरि मनोबैज्ञानिक परामर्श लिनुपर्द्छ।सि .बि .टि. बिहेभियर थेरापी आदि उपचारका प्रक्रियाहरु हुन् ।यस्तो उपचारको समयबिधि केहि हप्ता देखी केहिमहिनासम्म रहन सक्दछ।कतिपय अवस्थामा छ्ठपट्ठाई कम गर्न,तनाब ब्यवस्थापन गर्न ,निन्द्राका लागी औसधिहरु पनि प्रयोग गर्नुपर्ने हुन्छ। यसरी उपचार प्रक्रियामा गएपछि बिस्तारै सुधार हुँदै जान्छ र ब्यक्तिले रोग मुक्त भएर बाच्न सक्द्छ ।प्रस्ताेता डा .सुमन प्रसाद अधिकारी स्नायु तथा मनोरोग विशेषज्ञ भेनस अस्पताल बानेश्वर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।