0 COMMENTS

बासुदेव सेढाइ,२२ माघ/चर्चित राष्ट्रिय लाेकदाेहाेरी गाईका सर्मिला थापाले सन्देश घिमिरे बचाउ अभियानमा साथ दिन अपिल गरेपछि प्रथम भाेटेवडार महाेत्सव काे पाँचौ दिन बेलुकी सहयोग गर्ने हरुकाे स्टेजमै भिड लागेको थियोे । भावुक स्वरमा गाईका सर्मिलाले उपस्थित दर्शक हरुलाई ७ बर्षिय बालक सन्देश घिमिरे माथि परेको पीडा माथि मल्हम लगाउन अनुरोध गर्नुभएको थियोे । लमजुङको राइनास नगरपालिका निवासी बालक सन्देश घिमिरेकाे दुबै मृगौलाले काम नगरेपछि बिगत ९ महिना देखि उपचाररत हुनुहुन्छ । परिवारकाे अार्थिक अवस्था मजबुत नभएको र उपचारमा लाखौंलाख रकम अावस्यक पर्ने भएपछि परिवारले सबैसंग सहयोगकाे अपिल गरेका छन् । चर्चित राष्ट्रिय लाेकदाेहाेरी गाइका यबं सहयोगी मन कि धनी सर्मिला थापाले अाफुले जम्मा पारेको रु १७००० रकम हस्तान्तरण गरेलगत्तै समाजसेवी कुल बहादुर गुरुङले रु ५००० सहयोग गरेपछि सहयोगी मनहरु उत्साहित भएका हुन् ।

अाधा घण्टा काे समयमै झण्डै लाखकाे हाराहारीमा रकम संकलन भएको छ । अाफ्नाे प्रस्तुति काे लागि मञ्चमा जानुभएकि सर्मिलाले सामाजिक र मानवीय भावना प्रस्तुत गरेपछि धेरैले खुलेर प्रसंसा साथै सहयोग पनि गर्नुभएको थियोे । अागामि दिनमा पनि सहयोग जारि रहने प्रतिबद्धता ब्यक्त गर्दै उपस्थित सम्पूर्ण दर्शक हरु लाई अाफ्नै बालक संझेर सहयोग गर्न अपिल गर्नुभयो । अाफ्नाे छाेराकाे उपचारमा सहयोग रकम उत्साहजनक तरिकाले उठेपछि सन्देश का बाबू दिपक घिमिरेले गाइका सर्मिला थापाको सहयोगकाे अाफु सधैं ऋणि रहने बताउनुभयो । सहयोगी मनकी धनी सर्मिलाले सर्बाेदय सेवा अाश्रमकाे लागि अक्षयकोष स्थापना गरि कुनैपनि बाबू अामाले छाेराछाेरि बाट अपहेलित हुने अवस्था अाउनु लज्जास्पद भएको बताउनुभयो । बाबा अामाले १० सन्तान पाल्न सक्ने तर छाेराछाेरीले बाबू अामा पाल्न किन नसक्ने भन्दै प्रश्न गर्नुभयो । दयालु सेवाको भावनाले भरिपुर्ण सर्मिला थापाको उपस्थित सबैले मुक्त कण्ठले प्रसंसा भएको थियोे ।
चर्चित राष्ट्रिय लाेकदाेहाेरी गाईका यबं समाजसेवी सहयोगी मनकी धनी सर्मिला थापालाई सन्देश घिमिरे बचाउ अभियानकाे तर्फबाट हृदय देखिनै हार्दिक अाभार ब्यक्त गर्दछौं । सहयोगी भावनामा बढिरहाेस् सुख शान्ति उन्नति प्रगति सु- स्वास्थ्य काे कामना ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।