0 COMMENTS

काठमाण्डाै,०७माघ/ केराबारी गाउँ पालिका – काठमाडौं सम्पर्क मञ्चको आयोजनामा काठमाडौं मा स्थायी एवम् अस्थायी रुपमा बिभिन्न पेशा , व्यवसायमा आबद्ध भएर बसिरहनु भएको केराबारी बासीहरुको एक बृहत भेला तथा वनभोज कार्यक्रम काठमाडौं को गोकर्ण स्थित सल्लाघारी वनभोज स्थलमा सम्पन्न भएको छ । उक्त बृहत् भेलाले ११ सदस्यीय केराबारी गाउँ पालिका – काठमाडौं सम्पर्क मञ्च संस्थापक समिति गठन साथै बिभिन्न कार्यक्रमहरु समेत गरेको थियो , जस्मा परिचयात्मक कार्यक्रम , म्यजिकल चेयर , हुर्रा नाच,घैंण्टो फुटाई , नाचगान लगायत कार्यक्रम भएका थिए । कार्यक्रममा सबैभन्दा जेष्ठ अग्रज व्यक्ति दिव्या बस्नेत को प्रमुख आतित्यत्था भएको कार्यक्रम मा घैंटो फुटाई तथा म्युजिकल चेयर घुमाई कार्यक्रममा क्रमशः प्रथम , द्धितिय र तृतीय हुने व्यक्तिहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । भने उपस्थिति सम्पूर्ण ले आफ्नो परिचय र आफ्नो पेसा व्यवसाय का बारेमा जानकारी दिंदै यस किसिमको कार्यक्रम ले सम्पूर्ण केराबारी बासीलाई भावनात्मक एकताको सुत्रमा बाध्न मद्धत पुराउने , काठमाडौं कोहि कसैलाई केहि आपत बिपत् परेमा मा सहयोग गर्ने संस्था को रुपमा केराबारी गाउँ पालिका काठमाडौं सम्पर्क मञ्च हुनेमा बिश्वास व्यक्त गरेका थिए , यसैगरी यस किसिमका कार्यक्रमहरु बेला बेला भई रहेमा समग्र केराबारी बासीलाई भावनात्मक रुपमा जोड्न मद्धत गर्ने समेत सहभागीले बताएका थिए । उक्त भेलाले ११ सदस्यीय केराबारी गाउँपालिका – काठमाडौं सम्पर्क मञ्च को संस्थापक समिति गठन गरेको छ । जस्मा निमानुसार पदाधिकारीहरु को ११ सदस्यीय तदर्थ समिति बनेको छ ।
१.अध्यक्ष : हेमसागर नेपाल
२.उपाध्यक्ष : अशोक दाहाल
३.सचिव : अमरसिंह लिम्बू
४.सह – सचिव : समन सिंह बस्नेत
५.कोषाध्यक्ष : ममता थापा
६.सदस्य : बिन्द्र राई
७. सदस्य : लक्ष्मी थापा
८. सदस्य : सचिन राई
९. सदस्य : झलक भण्डारी
१०. सदस्य : टेक बहादुर मगर
११. सदस्य : पार्टी गाउँबाट थप मनोनित गर्ने ( बाँकी )
यसका साथ – साथै ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
१. प्रमुख सल्लाहकार : श्रीमती दिव्या बस्नेत
२. सल्लाहकार : धन कुमार लिम्बू
३. सल्लाहकार : धन बहादुर भण्डारी
४. सल्लाहकार : मेघराज पौडेल
५. सल्लाहकार : पुर्ण चेम्जोङ
केराबारी गाउँ पालिका काठमाडौं सम्पर्क मञ्च मा केराबारी १, २ र ४ क्रमशः पार्टीगाउँ , सिंहदेवि र याङ्शिला बाट एक – एक सदस्य गरि ११ सदस्यीय तदर्थ समिति बनेकाले समग्र केराबारी गाउँ पालिकाका बासी लाई भावनात्मक रुपमा सम्पर्क मञ्चले जोड्न मद्दत पुराएको र बृहत भेलामा ५० भन्दा बढी केराबारी गाउँ पालिका बासीहरु उपस्थिति रहेको नव निर्वाचित सह – सचिव समन सिंह बस्नेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।