0 COMMENTS

काठमाडौं, माघ/ सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्चविन्दुमा पुगेको छ । सोमबार ६० हजार ६ सयमा कारोबार भएकोमा मंगलबार ४ सय रुपैयाँ बढेर सुन प्रतितोला ६१ हजार रुपैयाँ पुगेको हो ।

यसअघि ०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँसम्म पुगेकोमा त्यसपछि घटेर ४७ हजार ७ सय मा झरेको थियो ।

पुस महिनाभरी ५८ देखि ६० हजारको बीचमा रहेको सुनको भाउ माघ लागेसँगै हृवात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणी रत्न शाक्यले बताए ।

अमेरिकी डलर कमजोर हुँदै जाँदा सुनको मूल्य बढेको व्यवसायीको भनाइ छ । महासंघका पूर्व अध्यक्ष शाक्यका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ ।

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँ बढेर ६० हजार ७ सयमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ ।सोमबार ७६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।