0 COMMENTS

भद्रपुर, २३ पुस ०७५/ मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ ।अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो । सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष हुन नदिन र भए निःशुल्क उपचार गर्ने उद्देश्यले ‘नेपाल रिच प्रोजेक्ट’ द्वारा सञ्चालित कार्यक्रमअनुसार चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको अस्पतालले जनाएको छ ।
विद्यालयमा अध्ययनरत छदेखि १८ वर्षसम्मका बालबालिकाको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष न्यूनीकरण र निराकरणका लागि मेची आँखा अस्पलात बिर्तामोडले ‘नेपाल रिच प्रोजेक्ट’ सञ्चालन गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोशीले बताउनुभयो ।

कार्यक्रममा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गर्दा ७९३ विद्यार्थीलाई चस्मा सिफारिश गरिएको र जसमध्ये ४६१ जना विद्यार्थीलाई चस्मा वितरण गरिसकिएको अस्पतालका डा जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।