0 COMMENTS

 बासुदेव सेढाइ,२२पुस०७५/ बेसीशहर नगरपालिका – ११ चिति रामचाेकमा रहेको निशान कालिका (गढि) धार्मिक ऐतिहासिक र पर्यटकीय दृष्टिकाेण बाट एउटा नमुना ठाउँ बनाउन सक्रियताका साथ लाग्ने स्थानीयले प्रतिबद्धता ब्यक्त गरेका छन् । चिति गढि निशान कालिका दरवार धार्मिक तथा पर्यटन बिकास समितिकाे प्रथम साधारणसभामा बाेल्ने सबै बक्ताहरुले नमुना ठाउँ बनाउने अभियानमा जुट्ने बताएका हुन ।

अत्यन्तै सुन्दर मनमाेहक ठाउँ निशान कालिका गढि बाट माछापुच्छ्रे हिमाल , मनासलु हिमाल साथै गाउँ शहर दरवार राईनास काेट , जुम डाँडा पनि देख्न सकिन्छ । हजारौं बर्ष पुरानो इतिहास बाेकेकाे ठुलो पिपल रुख , जाेगि बस्ने जाेगिमुडि , थुम्काे डाँडा , बन झाँक्री गुफा साथै चमेरो गुफा हेर्न लायक ठाउँहरु छन् जसकाे कारण पर्यटनको सम्भावना अत्यन्तै छ । शाह बंशकाे इतिहास रहेको , निशान कालिका धार्मिक स्थान र पर्यटनको प्रचुर संभावना रहेकोले धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना छ । निशान कालिका मन्दिर परिसरमा माेटरवाटाे , खानेपानी , बिजुली , मन्दिर पुननिर्माण , बनभाेेज खाने ठाउँ बनाउने तयारी गरिएको छ । मन्दिर लाई अावस्यक पर्ने जग्गा मन्दिरकाे स्वामित्वमा ल्याउने तयारी भएको छ । बाटो खाेलिएकाे छ अब निर्माण कामले तिब्रता पाउने व्यवस्थापन समितिले जनाएको छ ।

साधारणसभा मा बेसीशहर नगरपालिका – ११ का अध्यक्ष अचुत बाबू बगालेले निशान कालिका गढि चितिकाे ऐतिहासिक ठाउँ भएकोले वडाको तर्फबाट र ब्यक्तिगत तर्फबाट यसको बिकासमा सक्दाे सहयोग गर्ने बताउनुभयो । राम्रो काम गर्ने चाहना राख्ने हाे भने बजेट अभाव नहुने तर संस्थाकाे अार्थिक पारदर्शिता लाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै स्थानीय हरु लाई सक्रिय भएर लाग्न अाग्रह गर्नुभयो । साधारणसभाका सभापति यबं व्यवस्थापन समिति अध्यक्ष गाेपाल कमलीले संस्थाकाे गतिविधि र अागामि याेजनाकाे बारेमा जानकारी दिनुभयो । साबिक चिति गा. बि. स. पुर्ब अध्यक्ष शम्भु बहादुर जाेशीले निशान कालिका गढि धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्र बनाउने अभियानमा अाफ्नाे पनि सक्रिय सहभागीता रहने अाफुले सकेको सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय राजाराम सेढाई ,भवदत्त कमली , चिति प्रा बि प्र अ डम्बरबहादुर राना मगर ,शंकर प्रशाद सेढाई , मन्दिर पुर्ब अध्यक्ष तारानिधि तिवारी ,भवानी जाेशी , हर्कबहादुर परियार , माेहन बाबू सेढाई ,वडा सदस्य कृष्णकान्त कमली , लगाएतका स्थानीय साथै मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुले अा- अाफ्नाे धारणा राख्नुभएको थियोे । बेसीशहर – ११ चिति रामचाेक स्थित निशान कालिका गढि मन्दिर परिसरमा भएको कार्यक्रममा स्थानीय हरुकाे उत्साहजनक सहभागीता थियोे कार्यक्रमकाे अध्यक्षता व्यवस्थापन समिति अध्यक्ष गाेपाल कमलीले गर्नुभएको थियोे भने कार्यक्रमकाे सहजिकरण निशान कालिका गढि धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्र बनाउने अभियानका अभियान्ता बासुदेव सेढाईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।