त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा शून्य विद्यार्थी, ८ प्राध्यापक

2019-01-04   शिक्षा

काठमाडौँ२०पुस०७५ / त्रिभुवन विश्वविद्यालयअन्तर्गत इतिहास केन्द्रीय विभागमा आठ जना प्राध्यापक कार्यरत छन् । तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य छ , ती प्राध्यापकको तलबका लागि त्रिविले वार्षिक ५० लाखभन्दा धेरै रकम खर्च गरिरहेको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।