0 COMMENTS

 नेपाललाइ विश्व मानचित्रमा चिनाउने राष्ट्रिय धरोहर हो । संघीयता कार्यन्वयनका सिलसिलामा Integration का नाममा आयुर्वेदको संरचना ध्वस्त पार्ने काम हुदैछ । छुट्टै विशेषज्ञता, पहिचान र संभावना बोकेको आयुर्वेद चिकित्सा पद्धतिका अग्रजहरूको संघर्षपूर्ण अभियानले तयार पारेका वर्तमानका संरचनाहरू संरक्षण गर्दै ७५३ वटै स्थानीय तहमा आयुर्वेद चिकित्सक दरबन्दी सहितको स्वतन्त्र आयुर्वेद स्वास्थ्य संस्था, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाइ शैय्या सहितको विशेषज्ञ सेवायुक्त अस्पताल र मातहतका संस्थाहरूको नियमनकारी निकाय एवं प्रत्यैक प्रदेशमा विशेषज्ञ सेवायुक्त प्रादेशिक अस्पतालको स्थापना गरि संचालन गर्नुपर्दछ ।

आयुर्वेद स्वास्थ्य प्राविधिकहरूको क्षमता विकास सम्बन्धि विशेष प्याकेजहरू निर्माण गरि उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्दछ । केन्द्रीय आयुर्वेद अस्पताल नरदेवीमा सवै विभागहरू स्थापना गरि Tertiary Center मा रूपमा विकास गर्नुपर्दछ । राष्टि्य आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राष्ट्रिय आयुर्वेद प्रतिष्ठान, राष्ट्रिय आयुर्वेद पंचकर्म तथा योग केन्द्र र सिंहदरवार बैधखानालाइ स्थायित्व दिन छुट्टाछुट्टै एेनद्वारा नेपाल सरकारको एघाराै तहको जनशक्तिको नेतृत्वमा संचालन गर्नुपर्दछ । आयुर्वेद चिकित्सा परिषदको क्षमता विकास गर्नु पर्दछ । सिंहदरबार वैधखाना, नरदेवी ऋयुर्वेद अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र राष्ट्रिय आयुर्वेद पंचकर्म तथा योग केन्द्र मिलाएर राष्ट्रिय आयुर्वेद प्र तिष्ठान स्थापना गरि नेपाल मै उच्चस्तरीय आयुर्वेद जनशक्ति उत्पादन गर्ने वातावरण सिर्जना गर्नुपर्दछ । राष्ट्रिय जडीबुटी बोर्ड गठन गरि सबै प्र देशमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरि नेपालका जडीवुटीका माध्यमबाट अाय अार्जन र रोजगारी सिर्जना गर्नु पर्दछ ।

नेपाली समाजमा रहेको आयुर्वेद सम्बन्धि ज्ञान, सीप र प्रविधिलाइ संरक्षण गर्न विशेष कार्यक्रम संचालन गर्नुपर्दछ । आयुर्वेद क्षेत्रको समग्र विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू तर्जुमा गर्न योजनाविद परामर्शदाता नियुक्ति गरी योजना बनाएर त्यसै अनुरुप आवश्यकतामा आधारित प्रभावकारी तथा नतीजामुखी वार्षिक कार्यक्रमहरू संचालन गरिनुपर्दछ । आयुर्वेदको विकासका लागि सक्रिय विशेषज्ञ आयुर्वेद चिकित्सक समाज, नेपाल आयुर्वेद चिकित्सक संघ र आयुर्वेद स्वास्थ्यकर्मी समाजले माथिका विषयहरूलाइ Minimum Bottom line बनाएर अगाडी बढ्नसके निकट भविष्यमा हिन्दुस्तानमा जस्तै नेपालमा पनि बाह्राै तहको आयुर्वेद जनशक्ति सचिव भै हाँक्न सक्ने आयुर्वेद मन्त्रालय स्थापना हुने प्रबल संभावना छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।