0 COMMENTS

केही बर्ष पहिले सम्म खासै वास्ता नभएको जन्मदिन पछिल्लो समय प्रतेक नागरिक हरुले स्मरण गर्न थालेका छन् । अाफु जन्मेको दिन अाफ्ना परिवारजन , साथीहरू , ईष्टमित्र र सम्पूर्ण शुभेच्छुक हरु बाट शुभकामना लिने र त्यसै गरि अरुकाे जन्मदिनको अवसरमा शुभकामना दिने प्रचलन बढेको छ । अाफु जन्मेको दिन रमाइलो गरेर खुसियाली मनाउनु राम्रो हाे तर जन्मदिन मनाउने कसरी ? जन्मदिनमा कसैले असहाय ब्यक्ति तथा संघ संस्था लाई सहयोग गर्ने , नयाँ याेजनाकाे सुरुवात गर्ने ,खानपानकाे कार्यक्रम राख्ने वा साथीहरू जम्मा पारेर रमाइलो गर्ने विभिन्न तरिकाले मनाउन सकिन्छ ।

जन्मदिन मनाउने संस्कार काहाँबाट भित्रियाे त्यस संग सम्बन्ध हुदैन तर जन्मदिन हाम्रो माैलिक तरिकाले मनाउन सक्नुपर्छ । जन्मदिनको अवसरमा केक ल्याउने मैनबत्ति बाल्ने फेरि मैन बत्ति निभाउने अनि केक काट्ने र सबै उपस्थित जनले बाँडेर खाने happy birth day भनेर जन्मदिन भएको ब्यक्ति लाई शुभकामना दिने चलन छ तर याे कति राम्रो हाेला एकछिन बिचार गराैं त शुभकार्यमा यदि बत्ती निभ्याे भने हामी अशुभ मान्छाैं तर हामीले स्वयं बत्ती निभाउछाैं कति जायज हाेला तर यसाे भनिरहदा कसैको संकृति र कसैकाे ब्यक्तिगत अधिकार माथि भने प्रश्न गरिएको हाेईन एउटा सामान्य तर्क मात्रै हाे यसलाई अन्यथा नलिन सबै लाई हार्दिक अपिल गर्दछौं ।

पश्चिमा संकृतिकाे हामी धेरै नक्कल गर्छौं तर त्यसलाई अाफ्नाे माैलिकताका ढाल्न सक्नुपर्छ । जन्मदिनमा पुजा अाजामा सरिक हुनु राम्रो , शुभकामना अादानप्रधान राम्रो , साथीहरू भेटघाट रमाइलो , बाबा अामा लगाएत मान्यजनबाट अाशिर्वाद लिनु राम्रो , असहाय ब्यक्ति संघ संस्था हरुलाई सहयाेग गर्नु राम्रो हाे । हामी अरुकाे नक्कल गर्दै अाफ्नाे संकृति बिर्सनु दुखद हाे । जन्मदिनको अवसरमा केक ल्याउने , मैनबत्ति बालेर फेरि निभाउने र केक काट्ने भन्दापनि अन्य कुरा यथावत राखेर मैनबत्ति निभाउनुकाे सट्टामा एक ब्यक्तिले अाफ्नाे जन्मदिनमा एउटामात्र रुख राेप्न सके वातावरणमा कति राम्रो प्रभाव पार्ने थियोे । बच्चा हाेस् या बृद्धअबश्थामा हाे एक बर्षमा एक रुख मात्रै राेप्ने बानि बसालाै यसले प्रकृतिको संरक्षणमा पनि राम्रो हुन्छ र सकारात्मक सन्देश पनि जानेछ हामीले अनावश्यक खर्च नगरि सकारात्मक सन्देश जाने काम गर्न सकिन्छ ।

हरियो बन नेपालकाे धन भनेपनि पछिल्लो समय नेपालकाे बनक्षेत्र सखाप बनेको छ । बाढी पहिरो साथै तस्करीकाे कारण उजाड हुदै गएको बन लाई संरक्षण गर्न पनि जन्मदिनको अवसरमा एक रुख राेप्ने बानि बसालाैं बार्षिक ३ करोड रुख राेप्न सके देश हराभरा हुनेछ । बर्षमा एक ब्यक्ति एक रुख राेप्ने अभियानमा लागाैं जन्मदिनको अवसरमा एउटा रुख राेपाैं । सकारात्मक अभियानमा जुटाैं ।बिश्वब्यापी वातावरण सन्तुलन कायम राखाैं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।