0 COMMENTS

मेराे देश नेपाल शान्तिकाे देश ऋषि मुनिकाे तपाे भुमि जहाँ प्रकृतिले कुनै पनि कुरा दिन छुटाएकाे छैन ,हिमाल पहाड र तराईको संगम अनुपमकाे देश मेराे नेपाल यहाँ विश्वका हरेक व्यक्तिहरु अाउन लालयित हुन्छन् ।यति सानाे देश मेरो तर विशाल संस्कृत छ।

यहाँ १२३ जातजाति बसाेबाँस गर्छन भने १२५ भाषा बाेल्छन्। भिन्न भिन्न जातजाति ,संस्कृति र धर्म भएपनि बेमेल भने कत्ति छैन हामी नेपालिहरुमा, त्यसैले त पृथ्वीनारायण शाहले भनेका हाेलान् नेपाल ४ जात ३६ बर्णको साझा फुलबारी हाे । इतिहास साक्षी छ, नेपाल वीर गाेर्खालिहरुकाे देश हाे भनेर कुनै समय गाेर्खाभनेपछि संसार डरले थर्कन्थयाे। हामिले पुस्तकहरुमा पढ्न सक्छौ क्रुर शाशक हिटलर पनि गाेर्खा फाैजसंग डराएका थिए। कैयाै मुलकहरु बेलायतको उपनिबेसकाे शिकार हुदा नेपालिहरुले शिर कदापि झुकाएनन्,बरु हासि हासि मातृभुमिकाे लागि शिर चढाए, तर पराईकासामु घुडा कदापि टेकेनन्। यस्तो खाल्काे साहस सायद दुनियाँमा नहुन सक्छ।

प्राकृतिक सुन्दरतालाइ हेर्दा नेपाल अझै अदु्त्तिय छ। यहाँ हरियाली जंगल,मनमाेहक फुलका दृष्य र बास्नाकाे त कुरै छाडाैँ, चराचुरुङ्गीहरुकाे चिरबिर अावाजले तिब्र भाेक तिर्खा नै बिर्साईदिन्छ। यहाँ जंगल हेर्न मात्रै सुन्दर हैनन्,अनेकौं किसिमको जडिबुटीहरु पाइन्छ ,जस्तैः पाँच अाैले,सर्पगन्धा,कुरिलाे अादि जुन मानव जनजिवनकाेलागि अत्यन्तै उपयाेगि छन् । नदिनाला हेर्याे उस्तै एकछत्र कलकल बगिरहेका छन् हामिले देख्न सक्छौ यहि नदिनालामा डुबुल्की मार्न बिदेशी पर्यटकहरू तछाड,मछाड गर्दै अाउने गर्दछन्। यस्तै शान्त र शुद्धताले गर्दा नै सायद भगवान बुद्धले तपाे गरेहाेलान्। तराई हेर्याे कस्ताे फाटिलाे ठाउँ जहा नम्बरि सुन टल्किएझै धानकाबाला झुलिरहेकम छन्, ।

पहाड हेर्याे लालिगुरासका मनमाेहक दृश्यले मनै चंगा झै उडाइदिन्छ, हिमाल हेर्याे दातका पङ्ति मिलाएर हासेकाे झैँ देखेर मनै स्वर्ग झै लाग्छ। त्यसैले लाग्छ मलाई नेपालमा भाग्यमानीहरुकाे मात्रै जन्म हुन्छ। अत: नेपालमा केही छैन कमि यहाँ त प्राकृति प्रदत्त बस्तुहरु नै अथाह छन्। साह्रा विश्वकाे ध्यान अाज नेपालकाे बिराट सुन्दरतामाथि छ, तर हामी भने स- सानाकुराहरुमा रुमल्लिरहेका छाैँ। देशले ठिक समयमा उचित निर्णय लिन सक्ने हाे भने हामिलाइ छलाङ मार्न कत्ति पनि समय लाग्दैन ,। हाम्रो देशमा ७३ हजार मेघावाट बिधुत शक्ति निकाल्ने क्षमता भएका नदिनालाहरुछन्।यहाँ यत्ति मात्रै बिधुत उर्जा निकाल्ने हाे भनेपनि पुरापुरि देश झलमल्ल पारि बिधुत बिक्रीगरि देशबासिहरुले अारामकासाथ जिविकाेपार्जन गर्न सक्ने कुरामा कुनै शंका छैन।हामी त कस्तुरीले बीणा थाहा नपाएको जस्तै भएर मात्रै दुख पाईरहेका छाैँ।

त्यसैले हामिले हाम्रो प्राकृतिक स्राेतलाई सदुपयोग गर्नुपर्छ अाज मुलुकमा भइरहेको जातिय द्वन्द्वलाई हटाउनु पर्छ, हिमाालिलाई चिसाे लाग्दा तराईले सेक्नुपर्छ,तराईलाई बगाउदा पहाडिले छेक्नुपर्छ। हिन्दु ,बुद्दिस्ट,इसाई क्रिस्चियन ,जनजाति ,क्षेत्री ,बाहुन , भन्दा पनि पहिले हामी मानव हाै अनि हामी नेपाली तसर्थ हामिमा धार्मिक सहिस्णुता हुनु जरुरी छ। देशलाई टुक्रर्रयाउने विभिन्न पार्टिका झन्डा हैन सिङ्गाे नेपाललाई प्रतिनिधित्व गर्ने चन्द्र र सुर्य भएकाे राताे र निलाे झण्डा फहराउनु पर्दछ ।लेखक मिस स्टेट नम्बर १, २०१८ ,काे टाइटल बीजेता पनी हुन ।।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।