0 COMMENTS

काठमाडौं२७,मंसिर २०७५/ सनराईज बैंक लिमिटेड कालिमाटी शाखाले स्वास्थ्य तथा दुर्घटना वीमा र इलेक्ट्रोनिक बैकिङ्ग विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रम शाखा कार्यालय रहेको भवनमा आयोजन भएको थियो । उक्त अन्तरकृया कार्यक्रममा विभिन्न क्षेत्रसाग आवद्ध विशिष्ठ महानुभावहरु, शिक्षक, कर्मचारी, उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सनराईज बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्गको स्वास्थ्यलाई दृष्टिगत गर्दै रु.१,००,०००/— (एक लाख) सम्मको स्वास्थ्य वीमा योजना र रु.५,००,०००/— सम्मको दुर्घटना वीमा सुविधा निशूल्क रुपमा उपलब्ध गराउादै आएको सम्वन्धमा विविध छलफल तथा अन्तरकृया भएको थियो । कार्यक्रम सनराईज बैंकका मुख्य प्रबन्धक श्री हरि प्रसाद आचार्य तथा कालिमाटी शाखाका शाखा प्रमुख वरिष्ठ प्रबन्धक श्री दीपक राज जोशीको संयोजकत्वमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको संचालन तथा स्वागत मन्तब्य कालिमाटी शाखाका शाखा प्रमुख वरिष्ठ प्रबन्धक श्री दीपक राज जोशीले गर्नु भएको थियो भने बैकले प्रदान गर्दै आइरहेको अत्याधुनिक सेवा सुुविधा, बैकले समग्र अर्थतन्त्र र समाजलाई के कसरी टेवा पुर्‍याउन सक्छ भन्ने विषय तथा बैकले प्रदान गर्दै आइरहेको स्वास्थ्य तथा दुुर्घटना विमा को बारेमा बैंकका मुख्य प्रबन्धक श्री हरि प्रसाद आचार्यले जानकारी गराउनु भएको थियो जुन ग्राहकले अत्याधिक रुचाईएको बैकि· सुुविधा हो । बैकको यस सुविधा बाट हाल सम्ममा १३५ जना भन्दा बढी ग्राहाकहरु लाभन्वीत समेत भैसकेको कुुरा को समेत चर्चा गरिएको थियो । सो अन्र्तकृयात्मक कार्यक्रममा उपस्थित व्यक्तिहरुले राख्नुु भएको विविध बैकि· जिज्ञासाको प्रतिउत्तर तथा मास मेला कार्यक्रमको समापन सभापति श्री हरि प्रसाद आचार्य ले गर्नुु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।