0 COMMENTS

विराटनगर, मंसिर २२ /पूर्वी मोरङको रतुवामाई नगरपालिकास्थित बर्तीटोलमा रहेको बाढी पीडितका लागि समाजसेवी कृष्णकुमार कार्कीले आवास निर्माण गरिदिने भएका छन् । रतुवामाई नगरपालिका ९ का स्थायी घर भई हाल जापानस्थित बैदेशिक रोजगारमा रहेका कार्कीले बाढीबाट बिस्थापित सो क्षेत्रका १० परिवारका लागि घर निर्माण गर्ने भएका हुन् ।
लामो समयदेखि जापानमा रोजगाररत कार्कीले आफ्नो ३५ औँ जन्मदिनको अवसरमा १० परिवारलाई आवास निर्माण गर्ने भएको आवास निर्माण समिति संयोजक चित्रकुमार कार्कीले जानकारी दिए । कार्कीका अनुसार गत असार महिनामा परेको अबिरल वर्षापछि आएको बाढीले सो क्षेत्रका २१ घर पूर्ण रुपमा बगाएपछि बिस्थापित भएका थिए । जसमा बिस्थापित मध्ये पहिलो चरणमा समाजसेवी कार्कीले अत्यावश्यक देखिएका १० घरपरिवारका लागि आवास निर्माण गर्न लागिएको हो ।
घर निर्माणका लागि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल र रतुवामाई नगरपालिकाका मेयर रबिन राईले एक कार्यक्रमबीच संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
बाढीबाट बिस्थापित भएसँगै बिचल्लीमा परेका पीडितहरुकाहरुलाई तराईक्षेत्रमा बढ्दो चिसो मौसमबाट सुरक्षित बनाउन तत्काल बस्ती निर्माण गरी डेढमहिनाभित्र हस्तान्तरण गरिसक्ने गरी कार्य प्रारम्म भएको संयोजक कार्कीको भनाई छ ।

कार्यक्रममा छिमेकी नगरपालिका सुनबसी नगरपालिकाका मेयर कालीप्रसाद दास, प्रदेश सांसद शिवनारायण गन्गाई, तथा नपाका १० वटै वडाका वडाध्यक्ष तथा वडासदस्यहरुको पनि उपस्थिती रहेको थियो । त्यस्तै सो शिलान्यास कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने क्रममा सहभागीहरुले समाजसेवी कृष्ण कार्कीले आफू बिदेशमा रहेर पनि देशका लागि माया दर्शाउनु सकारात्मक र उदाहरणीय रहेको चर्चा गरेका थिए । उनीहरुले कार्कीको सो कार्य समाजका अन्य नागरिकले पनि शिको गर्न जरुरी रहेको भन्दै प्रसंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।