0 COMMENTS

काठमाडौं / केही सातायता चिसो बढेपछि उपत्यकाको वायु प्रदूषणको दर उच्च भएको छ। त्यसमा पनि बिहानीपख सबैभन्दा उच्च वायुप्रदूषण हुने गरेको वातावरणविभागको तथ्यांक छ।
त्यसैले स्वास्थ्यका लागि ‘मर्निङ वाक’ जोखिम हुने भएकाले त्यसबाट बच्च स्वास्थ्यकर्मीको सुझाब छ । प्रदूषण बढ्ने भएकाले बिहानीपख खुला क्षेत्रमा गरिने हिँडडुल स्वास्थ्यका लागि हानिकारक हुने वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलले बताए।

प्रदूषित वायुलाई मास्कले समेत छेक्न नसक्ने भएकाले बिहानीपख कोठाभित्रै व्यायाम गर्नु प्रभावकारी हुने उनको भनाइ छ। प्रदूषित वायु मानिसको फोक्सो हुँदै रक्तनलीसम्म पुगेर क्यान्सरसम्मको रोग निम्त्याउने डा. पौडेलको भनाइ छ। २.५ पीएमको वायु प्रदूषणको दर हेर्दा बुधबार बिहान ८ देखि ९ बजे १५१ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ। सरकारले ४० माइक्रोग्राम प्रतिघनमिटर राष्ट्रिय मापदण्ड तोकेको छ। पाँच गुनासम्म प्रदूषण बढेपछि सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका हुन्। आजको अन्नपुर्ण पोष्टमा खबर रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।