0 COMMENTS

काठमाडौँ, २० मङ्सिर०७५/ प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा महादीपदान गर्ने भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महादीपदान गर्ने भक्तजन आफ्नो स्थान सुरक्षित गरेर बसेका थिए । बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाखौँ भक्तजनको भीड लाग्ने भएकाले भक्तजन ठाउँ ओगट्न बिहानैदेखि आएका हुन् ।

यस वर्ष बाला चतुर्दशीमा पशुपति आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । आज राति महादीपदान गर्ने र भोलि बिहान शतबीज छर्ने भक्तजनका लागि सुरक्षा लगायत प्रबन्ध गरिएको पनि कोषले जनाएको छ ।

त्रयोदशीका दिन दीपदान गरी चतुर्दशीका दिन बिहान धानको सय गेडा पशुपति क्षेत्रको मृगस्थलीमा छरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बालेर बसेका छन् । आज दीपदान गर्नेले बिहानैदेखि स्नान गरी व्रत बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।