0 COMMENTS

नमराज भट्ट,१५मंसिर०७५/ नेपाल शल्य चिकित्सक समाजको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय शल्य चिकित्सक सम्मेलन नेपाल शल्य चिकित्सक समाजको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा आज सम्पन्न भएको छ । २५ वर्षअघि स्थापना भएको समाजको सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ४ सय शल्य चिकित्सकको सहभागी रहेको आयोजक समितिका महासचिव डा. रुपेश मुखियाले बताए । सम्मेलनमा शल्यचिकित्सा विधामा चिकित्सकले आर्जन गरेको ज्ञान, अनुभव र अनुसन्धानमा आधारित १ सय ६० वटा कार्यपत्रमाथि छलफल भएको डा. मुखियाले जानकारी दिए ।सम्मेलनमा बिदेशका २५ जना वरिष्ठ सर्जनले आफ्नो प्रस्तुतीकरण र नेपालका११३ जना वरिष्ठ सर्जनले प्रस्तुत गरेका थिए।
प्रस्तुत कार्यपत्रमध्येबाट १६ जना युवा शल्यचिकित्सकलाई बेस्ट पेपर अवार्डद्वारा सम्मानित गरेको छ भने ३२ शल्यचिकित्सकले बेस्ट पोस्टर अवार्ड पाएका छ्न। सम्मेलनमा नेपाल लगायत चीन, भारत जर्मनी, लिथुवानिया, नेदरल्यान्ड, स्विडेन, बेलायत, अमेरिका गरि ९ देशका शल्य चिकित्सक उपस्तिथि रहेको थियो।
सम्मेलनमा शल्यचिकित्सा क्षेत्रमा निहित मेडिकल ज्ञान र शल्यचिकित्सा क्षेत्रमा भएको प्रविधि र विकासबारे छलफल गरिने जानकारी दिएको छ। सो अवसरमा वरिष्ठ शल्यचिकित्सक प्रध्यापक डा. दिनेशनाथ गंगोललाई आसिक हुसेन अन्सारी लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्रदान गरिएको छ। त्यसैगरी दुई वरिष्ठ सर्जन डा. मनोहरलाल श्रेष्ठ र डा. भोलाराज जोशीलाई पनि सम्मान गरिएको छ। यस सम्मेलनबाट देश र बिदेश बाट आएका शल्य चिकित्सकहरु बिच एक आपसमा शुभकामना आदानप्रदान र अनुसन्धान गरि नेपाललाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु मद्दत पुर्याउने महासचिव डा . रुपेश मुखियाले बताउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।