0 COMMENTS

डा .भोजराज अधिकारी,२९कार्तिक०७५/ मधुमेहको रोकथाम र सचेतनालाई व्यापक बनाउने अभियानअनुरुप यस वर्षको विश्व मधुमेह दिवस ‘मधुमेह : हरेक परिवारको सरोकार’ भन्ने नारासाथ यस बर्ष  विश्वभर मनाइँएको छ । नेपालमा पनि विभिन्न स्वास्थ्य सम्बन्धी संघसंस्थाहरुले मधुमेह दिवस मनाएका छन् ।
अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस ‘प्रकार दुई’ मधुमेहको जोखिममा छन् । साथै आधा जति मधुमेहका बिरामीलाई आफूलाई मधुमेह भएकै थाहा छैन । मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर देखिन्छ ।
विश्वमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ ।
समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले गर्दा आँखाको पर्दा (रेटिना)मा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनेप्याथी भनिन्छ ।
मधुमेहसम्बन्धी केही जानकारी :
१. विश्व मधुमेह दिवस सन् १९९१ बाट मनाउन शुरु गरिएको थियो ।
२. अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभरमा ४२ करोड ५० लाख मानिस मधुमेहबाट प्रभावित छन् ।
३. सन् २०३५ सम्ममा १० प्रतिशत मानिसहरुमा मधुमेहको प्रभाव देखिने अनुमान छ ।
४. प्रत्येक दुई जना मधुमेह भएका व्यक्तिहरुमध्ये एकजनालाई आफूलाईलाई मधुमेह लागेको थाहा हुँदैन । तसर्थ प्रभावित संख्या अहिलेको आँकडाभन्दा धेरै बढी हुन सक्छ ।
५. सन् २०१६ को आइडीएफमा बुझाइएको डाइबिटिज प्रोफाइल अनुसार नेपालमा कूल जनसंख्याको ९.१ प्रतिशत मानिसहरुमा मधुमेह भएको देखिन्छ । एकिन तथ्यांकको कमी र रोगको राजधानी मानिने भारत र चीनबीचको भौगोलिक अवस्थित र जीवनशैलीको सामिप्यता हेर्दा यो संख्या अझै भयावह हुन सक्ने देखिन्छ ।
६. अमेरिका जस्तो विकसित राष्ट्रमा प्रतिव्यक्ति करिव २ हजार डलर प्रति वर्ष मधुमेह लाग्दा खर्च हुने देखिन्छ भने १ हजार डलर प्रतिव्यक्ति प्रतिवर्ष आय भएको हाम्रो मुलुकको एउटै परिवारमा मधुमेह हुँदा हुने आर्थिक भार सजिलै बुझ्न सकिन्छ । नेपालको यो वर्षको मूल नारा : ‘परिवार र मधुमेह’ हो ।
यो नारा छनोटमा पर्नुको मुख्य कारणहरु यसप्रकार छन् :
– परिवारमा कुनै एक जना रोगी भए पनि त्यसको प्रत्यक्ष असर पूरा परिवारमा पर्छ ।
– रोगबाट पीडित पनि र राहत दिने स्रोत पनि परिवार नै हो ।
– आर्थिक व्ययभार धेरै बढेर जान्छ
– रोगको अनुभव र रोगसम्बन्धी शिक्षाको आदानप्रदान परिवारमा प्रत्यक्ष रुपमा हुने गर्दछ ।
– खानपान र जीवनशैलीको जोखिम र वंशाणुगत असर सबै सदस्यहरुमा उस्तै हुने हुनाले यो विषय शिक्षित हुनु जरुरी छ ।
७. मधुमेह शरीरमा प्याङक्रियाज नामको ग्रन्थीले उत्पादन गर्ने इन्सुलिन हर्मोनमा कमी भएर अथवा उत्पादन भएर पनि काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी हुनाले देखिने रोगहरुको संक्रमण हो ।
८. यदि कसैलाई ३० वर्षभन्दा कम उमेरमा मधुमेह देखा पर्‍यो भने त्यसलाई Type 1 मधुमेह भनिन्छ भने ३० वर्षभन्दा बढी उमेरमा लागेमा त्यसलाई Type 2 मधुमेह भनिन्छ । विश्वभरमा Type 1 DM कूल प्रभावित मध्येको लगभग १० प्रतिशतलाई भएको तथ्यांक छ भने Type DM 2 लगभग ९० प्रतिशतलाई भएको तथ्यांक छ ।
९. अन्य मानिसको तुलनामा मधुमेहलाई मुटु र रक्त नलीहरुमा देखिने असर ३६ प्रतिशतले बढी हुन्छ भने मधुमेहमा मोटोपन, उच्च रक्तचाप, कोलेस्ट्रोल पारिवारिक सुगर रहेमा त्यो जोखिम ५० प्रतिशत हुनजान्छ ।
१०. मधुमेहले विशेषगरी मुटु, मस्तिष्क, मृगौला, आँखाको रेटिना, स्नायु प्रणालीमा असर गर्दछ र शरीरको रोगप्ररोधात्मक क्षमतामा ह्रास ल्याउँछ ।
११. मधुमेहको जटिलताबाट बच्नु यसको उपयुक्त उपचार हो ।
१२. मधुमेहमा खानपान, जीवनशैलीको व्यवस्थापन र विज्ञचिकित्सकको राय अनुसारको उपचार नै उपयुक्त त्रिकोणात्मक समाधान हो ।
१३. नेपालीहरको अक्सर खानामा करिव ६० प्रतिशत कार्बोहाइड्रेटको हिस्सा हुन्छ जुन मधुमेह हुन जोखिम र भइसकेकालाई सुगर नियन्त्रणमा अवरोध हो । ३० प्रतिशतभन्दा कम कार्बोहाइड्रेड फलफूल र फाइबरयुक्त खाना (सागसब्जी) मा जोड प्रोटिन, माछा, सेतोमासु) को मात्रामा बृद्धि १० प्रतिशतभन्दा कम बोसोको मात्रा पटकपटकको कम क्यालोरिजन्य खाना (दैनिक १६००–१८०० KCL) र बेलुकाको खानाको मात्रामा कटौती र धुम्रमापन र मध्यपान नगर्नु नै उपयुक्त आहारहु्न्छ ।
१४. तनावमुक्त जीवन दैनिक ३० मिटेनको फटाफाट हिँडाई (हप्तामा कम्तिमा १२० मिनेट) मोटोपन र उच्च रक्तचाप, नियन्त्रण खेलकुद र ब्यायम उचित जीवनशैलीका आधारहरु हुन् ।
१५. चिकित्सकको परामर्शद्वारा निर्देशित नियमित औषधि सेवन गर्ने, अवैज्ञानिक वस्तुहरु, जडीबूटी, जमराको जुस, आदि) सेवन नगर्ने, शरीरमा जटिलता उत्पन्न भई इन्सुलिन सुई प्रयोग भएको भए उचित प्रयोग र नियमित चेकजाँचको होसियारी मेधुमेहीले गर्नु जरुरी छ ।(डा. भोजराज अधिकारी कन्सल्टेण्ट फिजिसियन)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।