0 COMMENTS

उर्लाबारी, २८ कात्तिक०७५/ मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को२०प ६७०२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।