0 COMMENTS

काभ्रेपलाञ्चोक, २६ कात्तिक ०७५/ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो ।” उहाँले मानवजाति र प्राणीको रक्षार्थ देशलाई समृद्ध बनाउन आआफ्ना क्षेत्रबाट सक्रिय हुनुपर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले अन्तरिक्षको रक्षाले विश्व मानवको जीवनचक्र चलिरहने र मानव रक्षाले अधिकारको सम्मान हुने बताउनुभयो । उहाँले भन्नुभयो “अन्तरिक्ष नहुँदा प्रविधि र मानव जाति सङ्कटमा पर्छ, यसका लागि पनि मानवजातिको रक्षा प्रमुख आवश्यकता हो ।”

उहाँले धर्म, संस्कृति र राजनीतिको लक्ष्य न्याय, समानता, प्रगति, सद्भाव, प्राणीजातिको रक्षा भएकाले विविधतामा एकता भएको नेपालमा रहनुमा गर्वित हुनुपर्ने बताउँदै नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराउने घटना भइरहेकामा दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।