0 COMMENTS

 काठमाडौं२२ कात्तिक,०७५/ राष्ट्रिय गौरवको आयोजना रुपमा रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना जारी गरेको (साधारण सेयर) आईपीओमा निकै आकर्षण देखियो । जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण कम देखिने गरेको भए पनि माथिल्लो तामाकोशीमा भने लगानीकर्ताहरु हौसिए ।

आयोजनाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा माग गरिएको भन्दा ४ गुणा बढी आवेदन परेको छ । आयोजनाले दिएको जनाकारी अनुसार ३ लाख ४६ हजार १ सय ६६ जनाको ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

४ सय ५६ मेगावाट क्षमताको यस आयोजनाको आईपीओ मंसिर पहिलो साताभित्रै बाँडफाँट गर्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषको तयारी छ । आईपीओका लागि आवेदन दिएका केहिको प्रक्रिया नपुगेर आवेदन रद्द गरिएको छ ।

आवेदन रद्द नभएका सबैको भागमा सेयर पर्ने सम्भावना रहेको छ । आईपीओका लागि आवेदन सदर भएकाले कम्तिमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।