0 COMMENTS

मिलन चाम्लिङ्, धरान२१कार्तीक०७५ / गत बर्षदेखि शुरुवात भएको मेयर कप स्कुल ओलम्पिकको दोस्रो सँस्करण आगामी मंसिर ५ गतेदेखि हुने भएको छ । धरान उपमहानगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिले स्कुलस्तरबाट प्रतिभावान खेलाडीहरुको उत्पादन, पहिचान गर्ने उद्देश्यले स्कुल ओलम्पिक आयोजना गर्न शुरु गरेको हो ।

समितिले मंगलबार पत्रकार सम्मेलन गरी मंसिर ५ देखि १७ गतेसम्म १७ गतेसम्म प्रतियोगिता आयोजना हुने समितिले जानकारी दिएको छ । उद्घाटन र समापन धरान १६ स्थित रंगशाला हुने प्रतियोगिताको विभिन्न खेलहरु अलग अलग खेल मैदानमा हुनेछ । यसको लागि खेलहरु आयोजनास्थलबारे सिफारिश गर्न एक समिति गठन गरिएको अध्यक्ष सुवास राईले जानकारी दिए ।

गत बर्ष पहिलो सँस्करणमा १० खेलको विधा मात्र समावेश भएकोमा यसपाली २ खेल थप गरिएको पनि समितिले जनाएको छ । कक्षा १० सम्मका छात्र छात्राहरु सहभागी हुन पाउने प्रतियोगितामा १३ वटा सामुदायिक र ४१ संस्थागत(निजी) विद्यालय गरी कुल ५४ वटा विद्यालयहरु सहभागी हुने समितिले जनाएको छ । प्रतियोगितामा फुटबल छात्र, भलिबल छात्र र छात्रा, बास्केटवल छात्र र छात्रा, टेबुलटेनिस छात्र र छात्रा, ब्याडमिन्टन छात्र र छात्रा, बुद्धिचाल खुला, कराते छात्र र छात्रा, ताइक्वान्दो छात्र र छात्रा, क्रिक्रेट छात्र, एथलेटिक्स छात्र र छात्रा, कवड्डी छात्र र सेपाकटाक्रो छात्रका स्पर्धाहरु हुने समितिका सदस्य सचिव गणेश खतिवडाले जानकारी दिए । प्रतियोगिताको लागि कुल १९ लाख २३ हजार ५ सय बजेट विनियोजन गरिएको छ ।

प्रतियोगितामा कुल ७३ स्वर्ण, ७३ रजत र १२४ कास्य पदक राखिएको पनि आयोजकले जनाएको छ । प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जित्ने विद्यालय प्रथम हुनेछ । उक्त विद्यालयले नगद १ लाख २० हजार र च्याम्पियन ट्रफी हात पार्नेछ भने दोस्रो हुने विद्यालयले ८० हजार र तेस्रो हुनेले नगद ५० हजार हात पार्नेछ । नगद पुरस्कारबाट कर कट्टा गरिने आयोजकको भनाई छ । समितिले विभिन्न सामुदायिक विद्यालयहरुमा पुर्वाधार विकासमा पनि लगानी गरिरहेको आयोजक समितिले जानकारी दिएको थियो । स्कुल ओलम्पिक शुरुवात गरेपछि खेलकुदमा विभिन्न स्कुलहरुको चासो बढेको पनि समितिले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।