0 COMMENTS

रमेश बुढाथाेकी,इलाम १८कार्तीक०७५/ प्रदेश न १ को इलाम जिल्ला अन्तर्गत फाकफोकथुम गाउ पालिका -३ आम्चोक मा साबिक बर्समा झै यो बर्स पनि दिपावलिको अवसरमा वडा स्तरिय नकाउट फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।

कार्तिक १२ गते बाट सुरु भएको यस प्रतियोगिताको उद्घाटन यसै गाउपालिका कि उपप्रमुख सरस्वति राइ ले गर्नु भएको थियो । भने उक्त अवसरमा स्थनिय बुद्धिजिवि समाजसेवि गुरू भक्त लामिछाने,कुल प्रसाद लामिछाने,याम अधिकारि,बम बहादुर कार्कि देउकुमार थापा,जयनारायण राई,कण लिम्बु लाल बहादुर लिम्बु,लगायत गाउपालिका वडा सदस्य राजु पौडेल हरूको गरिमामय उपस्थिति रहेको थियो ।

सिरिजङा सास्कृतिक समुह ले आयोजना गरेको उक्त प्रतियोगिता को सन्चालन प्रतेक दिन आइन्द्र लिम्बु ले गर्दै हुनुहुन्छ भने प्रतियोगिता सम्योजक हिमेश लिम्बु हुनुहुन्छ भने खेल सचिव सन्देश थेगिम रहनु भएको छ । कार्तिक १२ गते देखि सन्चालन भएको खेल को फाइनल कार्तिक २१ गते हुने कुरा रबिन लामिछाने ले जानकारि गराउनु भयो । उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु १५,५५५ नगत तथा ट्रफि त्यसैगरि दोश्रो पुरस्कार रु ७,५५५ नगद तथा ट्रफि र उत्कृस्ट खेलाडि तथा उत्कृस्ठ गोल रक्ष्यक लाइ पनि नगद तथा ट्रफिको ब्यवस्था रहेको जानकारि रबिन लामिछानेले गराउनु भयो  ।

२० टिम को सहभागिता रहेको यो प्रतियोगितामा आज बाट क्वाटर फाइनलका खेल हरु सन्चालन भैरहेको जानकारि दिदै सम्पुर्ण खेल प्रेमि नेपालि हरुलाइ खेल अवलोकन गरेर आननद लिनुहुन आयोजक सिरिजङा सास्कृतिक समुह सबैमा हार्दिक अनुरोध समेत गरेको कुरा लामिछानेले जानकारि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।