0 COMMENTS

उनी संग मेरो झगडा हुन्छ
तर कारण हुदैन ।
बिना हार जीत झगडा सकिन्छ
अनि सहमतिमा हस्ताक्षर नगरी
झगडा सम्झौतामा टुङ्गिन्छ ।
उनी संग मेरो
पटक पटक झगडा हुन्छ ।

झगडामा यदा कदा
मुटु छेड्ने बाण चल्छ
तर रगत पोखिदैन ।
उनी संगको मेरो झगडाले
रक्त बिहिन महाभारतको
ताजा स्मरण गराउछ ।
झगडामा युद्धको कोलाहाल हुदैन
तर सन्नाटाको संबेगले केही दिन
दुबै लाई बेचैन बनाउछ ।
बिनाकारण सन्नाटा
फेरि आफै हराउछ ।
यस्तो झगडा ऊनी संग
पटकपटक भैरहन्छ ।

अनौठो छ
हामी बिचको झगडा ।
उनी मलाई जितेर
मेरो खुसी हसाउन खोज्छिन ।
म उनलाई हराएर
म भित्रको उनको
खुसीको नासो बचाउन खोज्छु ।

घटी रहने यस्ता युद्धमा
अनौठो रहस्य भेटिन्छन ।
उनले मलाई हराएको युद्धको जगमा
मेरो बिजय मुस्कुराएको देख्छिन ।
उनी कहिल्यै नहार्ने यस्ता युद्धमा
मेरो असहमति थाके पछि
उनी स्वघोषित बिजयी हुन्छिन ।

उनी अनि उनीद्वारा समर्थित र समरछित
सिमा भित्रका अरु भुरौटे रजौटाहरु
सगै मिलेर तालमेल गरि
मलाइ घेराबन्दिमा पार्छन ।
तर नाका बन्दिमा पारेको थाहा छैन ।
रसद पानी बन्द नभए पछि
युद्ध र घेराबन्दी पनि मलाइ
अब त गौण भए जस्तो लाग्छ ।
छक्क पर्छु एक्लै आजकल
यस्ता झगडामा रमाउने
बानी नै परि सकेर हो कि !
झगडा गर्न नपाउदा
खल्लो लगेर आउँछ ।

यसरी उनी संग
बिना हारजीत झगडा सधै चली ररहन्छ।
अनि सहमतिमा हस्ताक्षर नगरी
झगडा सम्झौतामा टुङ्गिन्छ ।

अस्तु
********

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।