0 COMMENTS

वालिङ, ८ कात्तिक ०७५/ असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो ।

“गत असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका विभिन्न भेगमा ठूलो असिनापानी आयो र हामीले यस कार्यालयबाट एक हप्ताको समयमा सम्बन्धित क्षेत्रमा पुगेर क्षतिको विवरण सङ्कलन गर्यौँ” बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले भन्नुभयो, “असिनापानीले सुन्तलाबालीमा ठूलो क्षति पु¥याएको छ ।”

असिनापानीले सबैभन्दा धेरै पुतलीबजार नपा १० मा २१४, ११ नं वडामा १८६, १३ नं वडामा ८७, भीरकोट नपा १ नं वडामा ११ र पुतलीबजार १४ नं वडामा ११ गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको बरिष्ठ कृषि अधिकृत श्रेष्ठले बताउनुभयो ।

बजार मूल्य प्रतिकिलो रु ४० का दरले सबैभन्दा धेरै पुतलीबजार १० मा ८५ लाख ५१ हजार २८७, ११ नं वडामा ७४ लाख ५५ हजार ७१३, १३ नं वडामा ३४ लाख ७० हजार ९७६, भीरकोट नपा १ नं वडामा चार लाख ५७ हजार ४५२ र पुतलीबजार १४ नं वडामा चार लाख ४४ हजार २४७ गरी कूल रु दुई करोड तीन लाख ७९ हजार ६७५ मूल्यको सुन्तला क्षति भएको हो ।

पुतलीबजार नपा १० राङखोलाका सुन्तला व्यवसायी मुक्ति अधिकारीको एक हजार सुन्तलाका बोट छन् । अब बिक्री गर्नका लागि समय हुनै लागेका बेला एक्कासी आएको असिनापानीले उहाँको सुन्तला बगैँचामा रहेका ८० प्रतिशत सुन्तलामा क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।