0 COMMENTS

 मिलन चाम्लिङ ,धरान२८असाेज०७५/धरान बिपि प्रतिस्ठानको सुरक्षा गर्छु भनेर ३ बर्ष अगाडी ठेक्का पाएको केटियम सेकुरिटिले नजिकै गरेको नेपालीहरुको चाड दशैको मुखमा सेकुरिटीहरुको तलब , दशै बोनस र वृद्धि भएको १५ दिनको तलब नपाएकोमा २ दिन देखि तोकीएको स्थानमा डिउटी नगरी केटियमको कार्यलय अगाडी धर्ना दिएका छ्न ।

उनिहरु आफुहरुको तलब र खाईपाई आएको सुबिधा र वृद्धि भएको तलब नलागाईन्जेल सम्म डुउटी नगर्ने बताए । तलब नपाएको कारणले आफ्ना छोराछोरी र घरपरिवारलाई समस्या परेको सधैं मनाउदै आएको चाड पर्व यो बर्ष कसरी मनाउने बन्ने चिन्ता रहेकोे बताउछ्न ।केटियम सुक्युरिटिका धरानका प्रमुख रामेश्वर शाह भने बिपि प्रतिस्ठानले कम्पनीलाई २ महिना देखि रकम भुक्तानी नगरेको बताए ।तर पनि सबै कर्मचारीहरुको तलब चै लगाईदिएको बताए ।यता बिपि प्रतिस्ठानमा काम गर्ने सेकुरिटीहरु भने कम्पनीले १० तरिखमा तलब लगाई दिनु पर्नेमा अहिले सम्म तलब नपाएको गुनासो गर्दै तलब र खाईपाई आएको सुबिधा न लगाई दिए सम्म डिउटी नगर्ने बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।