0 COMMENTS
प्रतिभा भट्टरार्इ, काठमाण्डाै२७असाेज०७५/ अल्झेको साहित्य परिवारको आयोजनामा  विजया दशमीको शुभकामना आदानप्रदान तथा सर्जक भेटघाट साथै दुइ श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।
 
प्रमूख अतिथि पोष्टराज चापागाईं तथा विशिष्ट अतिथि कलानिधी दाहाल रहनु भएको उक्त कार्यक्रममा कविता, गजल र मुक्तक प्रतियोगिता पनि गरिएको थियो। उपस्थित साहित्य प्रेमी हरुले आफ्ना रचना हरु प्रतियोगिता मा राख्ने वा नराख्ने आफैंले निर्णय गर्न पाउने व्यवस्था पनि मिलाइएको सो कार्यक्रममा तीनै विधाका तर्फबाट एक एक उत्कृष्ट रचना लाई नगद तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो।
 
सीताराम खड्का सभापति रहनु भएको सो कार्यक्रममा निर्दोष खत्री ले स्वागत मन्तव्य दिनुभएको थियो भने उदघोषण राजन न्यौपानेले गर्नुभएको थियो। साहित्य प्रेमी हरुका अल्झेर रहेका रचना फुकाउने उदेश्यले आयोजना गरिएको सो कार्यक्रम २०७५ साल असोज २३ गते डा डिल्ली रमण रेग्मी फाउन्डेसन लाजिम्पाटको हलमा सम्पन्न  गरिएको थियो।
 
 
 
 
 
 
 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।