0 COMMENTS

मिलन चाम्लिङ,धरान२७असाेज०७५/ स्थानीय सरकार धरान उपमहानगरपालिकाले दशै तिहार र छठ पर्वलाई लक्षित गरेर गत २५ गते  धरान १२ को छिमेकी युवा समूह र धरान ६ पानवारिको  ब्वाइज युनियनलाई मेला लगाउने अनुमती दिएसंगै धरानमा मेलाको बिषयलाई लिएर विवाद सुरु भएको छ ।मेला लगाउन नदिने भन्दै धरान उपमहानगरपालिकामा क्रियाशिल ६ दल संघीय 

लिम्बुवान मञ्च धरान उपमहानगर समिति, संघीय समाजवादी फोरम नेपाल धरान नगर समिति, जनमुक्ति धरान उपमहानगर समिति , मंगोल नेशनल अर्गनाइजेसन डा.गोपाल गुरुङ  धरान नगर समिति ,किरात खम्बुवान साझा पार्टी,नेकपा मालेले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि बिरोध जनाउदै कुनै पनि हालतमा मेला लाग्न नदिने बताए । नगर कार्यपालिकाले आर्थिक बर्षमा अस्वाभाविक रुपमा वृद्धि गरेको करको दर दलहरुको बिरोध पश्चात समायोजन समितिले बुझाएको प्रतिबेदन जस्तो महत्त्वपूर्ण बिशयमा छलफल गरि कर समायोजन निर्णय गर्नुको साटो नगर परिषदले बिना तयारी तथा सुरक्षाको  विश्लेषण नेपालीहरुको महान चाड दशैको अवसरमा रमाइलो मेला संचालन गर्न दुई वटा अनुमती दिएको प्रती गम्भीर ध्यानाकर्षण रहेको संघीय लिम्बुवान मञ्च धरान नगर समितिका अध्यक्ष सन्जुहाङ लिम्बुले बताए ।

धरान उपमहानगरपालिकामा क्रियाशिल रहेको राजनैतिक दलहरुसंगको समन्वय तथा बृहत छलफल बिना नेकपाको जनबर्गिय संगठन युवा संघको दबाबमा एकलौटी रुपमा मेला संचालनका लागि अनुमति दिएको प्रती घोर भत्सर्ना गर्ने नेकपा माले १ नं प्रदेश व्युरो सदस्य एकराज सुब्बाले बताएका छ ।मेला तत्काल रोक्नको लागि सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाउने बताएका छन । तीन वर्ष अघि सम्म धरानमा वर्षेनी मनोरञ्जनात्मक मेला लगाईने गरिन्थ्यो तर कुनै पनि मेला झगडा रहित बन्न सकेको थिएन् । तसर्थ मेला लगाउन नै बन्द गरियो । नगर कार्यपालिकाले यस आर्थिक बर्षमा आ मेलामा जुवाजन्य खेल, महंगो मुल्यमा खेलतमाशा संचालन गर्न आयोजकले राजनितिक पार्टी देखि गुण्डाहरुलाई पैसाको भागबण्डा लगाउनु पथ्र्यो । त्यही भागबण्डामा नमिल्दा दैनिक जसो झगडा हुन थाले पछि मेला नै बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।