0 COMMENTS

मिलन चाम्लिङ ,धरान २५असाेज०७५/ विगतमा धरानमा मेलालगाएर जुवाजन्य तमासा खेलाएर बिबादास्पद भएको धरानमा फेरी उपमहानगरपालिकाले रमाइलो मेला लगाउन अनुमति दिएको छ । धरान उपमहानगरपालिकाको बिहिबार बिहान सम्पन्न कार्यपालिका बैठकले धरान १२ स्थित छिमेकी युवा समुहलाई मेला लगाउने स्वीकृति दिएको हो ।

धरानमा आयोजक एउटा संस्था देखाएर एउटा गिरोहले मेला संचालन गर्दै आएको थियो । ३/४ बर्षदेखि मेला लगाउन प्रशासनले दिएको थिएन । गत बर्ष पनि मेलाको चर्चा चलेको थियो तर स्वर्गीय मेयर तारा सुब्वाले लगाउन दिएका थिएनन् । तर यो बर्ष यो बर्ष भने बडा दशैं शुरु भइसके पछि बिहिबार बिहान बसेको कार्यपालिका बैठकले मेला सम्बन्धी एजेण्डा पारित गरेको हो । बैठकले धरान ६ मा ब्वाइज युनियनलाई पानवारी महोत्सव आयोजना गर्न र धरान १२ स्थित छिमेकी युवा समुहलाई सस्तो बजार तथा रमाइलो साँस्कृतिक उत्सव नामको मेला आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको बैठकमा सहभागी एक कार्यपालिका सदस्यले जानकारी दिए ।

नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणीराम राईले चाडपर्वलाई रमाइलो बनाउनका लागि मेला चलाउन स्वीकृति दिने नीतिगत निर्णय कार्यपालिका बैठकले गरेको बताए । बैठकले मेलाको लागि मापदण्ड तयार गर्न एउटा अनुगमन समिति पनि गठन गरेको छ । मेलाको मादण्ड तयार गर्न कार्यपालिका बैठकले वडा नं १५ का अध्यक्ष नरेश इवारमको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ । अन्य सदस्यहरुमा समितिमा वडा नं १२ का अध्यक्ष टंक राई, वडा १० का अध्यक्ष श्रीप्रसाद लिम्बू, वडा १७ का अध्यक्ष मनोज भटराई र वडा १ का अध्यक्ष रोशन अधिकारी सदस्य छन् ।

यता विगतमा मेलाबाट लाखौंको चलखेल हुने गरेकाले नेपाली कांग्रेसले भने विरोध जनाएको छ । मिलेमतोमा मेला लगाउने अनुमति दिएको भन्दै कांग्रेसले शुक्रबार मेलासहित समग्र नगरपालिकाको बिषयमा पत्रकार सम्मलन गरेर धारणा सार्वजनिक गर्ने बताएको छ । ‘धरानको मेला विगतदेखि नै बद्नाम भएकाले काङगै्सले आपति जनाएको हो । विगतमा स्थानीय राजनीतिक दलहरुका नेताहरुलाई समेत कमिसन दिएर जुवाजन्य खेलसहितको मेला संचालन हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।