0 COMMENTS

प्रतिभा भट्टरार्इ,२२असाेज०७५/ विजया दशमीको अवसरपारेर जिन्दगी साहित्यिक आवाजको आयोजनामा गत साेमबार  गोंगबु स्थित एक हलमा शुभकामना अादान प्रदान साथै रचना वाचन समाराेह कार्यक्रम  सम्पन्न गरेकाे छ ।

सिद्धार्थ देवकोटाको अध्यक्षता रहेकाे उक्त कार्यक्रममा डा घनश्याम परिश्रमी काे प्रमुख आतिथ्य तथा पोष्टराज चापागाईं काे विशेष आतिथ्य मा सम्पन्न उक्त कार्यक्रममा ओखलढुंगा, अर्घाखाँची, खोटाङ, काभ्रे लगायत आठ जिल्लाका गजलकार हरुलाई सम्मान गरिनुको साथै श्रष्टा हरूले आफ्ना अाफ्ना गजल तथा कविता वाचन गरी उपस्थीतहरूलार्इ  मन्त्र मुघ्द बनायका थीए ।

थोरै मात्र व्यक्तिहरूको सहभागितामा आयोजित सो कार्यक्रम भव्य र सभ्य भएको बताउँदै विशेष अतिथि पोष्टराज चापागाईं ले आफ्ना रचनाहरू एकै छिन ताली पाइने आश ले भन्दा इतिहासमा रहने हिसाबले सब्य र अर्थपूर्ण शब्दहरूको चयन गरी लेखिनु पर्ने बताउनु भयो भने प्रमुख अतिथि घनश्याम परिश्रमी ले गजललाई बहर मा मिलाएर लेख्न सक्नु पर्ने र बहर मिलाउन नसकिने भए बरु कविता नै लेक्नु उचित हुने कुरा पनि बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।