0 COMMENTS
माेहन लामा,रूम्बा

दसैं कयौं शास्त्रीय रूपमा, कयौं सांस्कृतिक रूपमा,कयौं वसन्त ऋतु संग सम्बन्धि पनि छ, हाम्रो ठेंट नेपाली मौलिकता झल्किने पर्व हो दसैं, मातृ शक्तिको शक्तिपिठको आराधना गर्ने, चामलको अछेताको टीका लगाउने, जौं को जमरा सिउरिने, मान्यजनको आशिर्वाद ग्रहण गर्ने,पिङ खेल्ने चलन दक्षिणवर्ती गंगा मैदानको हिन्दु र उत्तरको हिमाली बौद्ध संग पनि मेल नखाने पृथक रूपमा मौलाएको पहाडी संस्कृति हो दसैं !

तामाङहरुले दसैंमा उच्च पहाडी भूभागमा फुल्ने टप टप म्हेन्दो(एक प्रकारको सेतो फुल्ने फुल) कानमा सिउरिएर दहीमा मुछिएका चामलको निदार भरी सेतो टीका लगाउने गरिन्छ, खेप्पा सुङ्को पुजा ज्योहो ज्योमो भूदेवी भूदेवको पुजा देवाली पुजा यही बेला गरिन्छ, हाम्रो नेवारी दाजुभाइले यही बेला मोहनि नख पुजा, मगरले डस्यक्के र थारूले मनाउने सखिया यही बेला पर्छ, हाम्रो आफ्नै नेपाली सैलीको बौद्ध हिन्दु प्राकृतिक पुजक हरुको समन्वयत्मक पर्व हो यो दसैं !

तर आजभोलि यो सामाजिक संजालमा केहि तत्वहरुले बुझी बुझी बुझ पचाएर लौ यो दसैं हिन्दु हरुको मात्रै हो, हामी बौद्ध धर्मावलम्बीको होइन भन्दै प्रचारवाजी गरेको देख्छु, त्यसैले साँच्चिकै बौद्ध संग असम्बधित नै हो र ? कुनै शास्त्रीय सुत्र छैन ? नव दुर्गा लाई बौद्ध लामाहरुले मान्दैनन् र ?

हिन्दु हरुले (नेपाल आसाम पश्चिम बंगाल भित्र)दसैंको बेला नवदुर्गाको चण्डी पाठ गर्ने गरिन्छ।दुर्गा सप्तीसती को उत्तर चरितमा देवी भगवतीले सुम्बा निसुम्बा नाम गरेको दैत्य लाई बध गरेको भनिन्छ भने बज्रयानी बौद्ध तान्त्रिक शास्त्र “चण्ड महारोसन तन्त्र”मा चण्ड महारोसनले “सुम्बा निसुम्बा” लाई बध गरेको उल्लेख छ, हिन्दु हरुको चण्डीले सुम्बा र निसुम्बालाई बध गर्‍यो भन्छ दुर्गा सप्तीसति ग्रन्थमा अनि बज्रयानी “चण्डमहा रोसन तन्त्र” ग्रन्थमा चण्ड महारोसनले सुम्बा निसुम्बा लाई बध गर्‍यो भन्छ, त्यसैले हाम्रो लामा गुरु हरुले कुनै शुभकार्य गर्दा खेरि चण्डमहा रोसन तन्त्रको धारिणी मन्त्र यसरी पाठ गर्छन् 

“ॐ सुम्बा निसुम्बा हुङ्ग फैट !
गृहण गृहण हुङ्ग फैट !
गृहण वाय गृहण वाय हुङ्ग फैट !
आनय हो भगवन बिध्याराज हुङ्ग फैट !”

चण्डमहारोसन तन्त्रको यो मन्त्र हो।
चण्ड महारोसनले “सुम्बा निसुम्बा” दैत्यलाई बध गर्‍यो बध गरेपछि सम्पुर्ण अनिष्ट बाधा बिग्न बाधा अन्त भयो, बिघ्न बाधा अनिष्ट शान्त गर्नको लागि बलि दिइन्छ, बलि दिनको लागि लामाहरुले तोर्मो (चामलको एक प्रकारको मुर्ति )अर्पण गर्दछ, अर्पण गर्दा यो मन्त्र उच्चारण गर्ने गर्दछ।

बज्रयान बौद्धमा चण्ड महारोसन भनियो।उता हिन्दु शैबले चण्डी भगवती रूपमा लियो यता चण्ड महारोसन भनेपछि पुरुषको रूपमा लिएको छ।लामा बौद्ध धर्ममा पाल्देन ल्हामो भन्ने एउटा देवी हुन्छ, पाल्देनको अर्थ श्री हुन्छ ल्हामोको अर्थ देवी हुन्छ अर्थात श्रीदेवी हुन्छ तर इनलाई लामाहरुले सम्बोधन गर्दा कतै चामुण्डा कतै चामुण्डी पनि भन्ने गरिन्छ, शैब तन्त्रको अष्ठीमातृकामा फ़ेरि चामुण्डा उल्लेख गरेको छ, चामुण्डा भनेको यमराजको शक्ति पनि हो।

अत: दसैंमा चन्डी पाठ गर्छ पण्डितले, लामाले चण्ड महारोसन तन्त्र, दुबैले सुम्बा निसुम्बा असुरलाई धुल्सी(दमन) गर्छ दुबैले मातृ शक्ति पिठलाई भगवती दुर्गा पाल्देन ल्हामो श्रीदेवीको रूपमा साधना गर्छ भने कहाँनेर के के फरक देखियो ?शैब शाक्त बौद्ध बोन धर्म बिचको अन्तर्घुलित हाम्रो हजारौं बर्ष को समन्वयत्मक संस्कृति छ, फरक छ त केवल डलरले गाँजेको भंडुवा मानसिकता होइन र ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।