मृत्युुकाे मुखबाट बाहिर तर अस्पताल भित्रै

2018-10-03   प्रवास

काठमाण्डाै१७असाेज०७५/बिरामीको अवस्था जटिल देखेर अरु अस्पतालले भर्ना लिन नमानेपछि काठमाडौंकाे बागबजार स्थित काठमाडौं माेडेल अस्पतालमा उपचाररत दाेलखाका नवराज सेढाईकाे स्वास्थ्यमा अहिले क्रमिक सुधार देखिएको छ ।

बेड नं – २०९ मा उपचार गराईरहनु भएका नवराज प्यारालाईसिस् राेग बाट ग्रसित हुनुहुन्थ्यो जीवन र मृत्युको दाेसादमा पुगेर पनि स्वास्थ्य अवस्थामा राम्रो सुधार अाएपछि परिवारजन खुसि देखिएका छन् । अार्थिक अवस्था अत्यन्तै नाजुक रहेका नवराज मृत्युुकाे मुखबाट बाहिर निस्के पनि अस्पतालबाट भने बाहिर अाउन सक्नुभएकाे छैन उपचारको क्रममा ठुलो रकम खर्च भएकाे छ ।

अस्पतालले बिरामीको अवस्था राम्रो भएकोले घर लैजान भनेपनि रकम अभावमा घर लैजान नसकिएको उहाँका काका डम्बर सेढाई बताउनु हुन्छ यसैबीच सामाजिक संजालमा ” उपचारमा अार्थिक अभाव ” प्रचारप्रसार भएपछि र परिवारले सहयोगकाे अपिल गरेपछि विभिन्न संघ संस्था र ब्यक्तिगत रुपमा पनि अार्थिक सहयोग जुट्न थालेको र रकम जुटेपछि बिरामी डिस्चार्ज गर्ने काका डम्बर सेढाईले जानकारी दिनुभयो साथै उहाँले भतिजाकाे उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अस्पताल बाट बाहिर ल्याउन सबैसंग सहयोगकाे अपिल गर्नुभएको र सहयाेगकाेलागी सिता सेडाइ(बुढाथाेकी) सम्पर्क नं ९८०४८११९४३