0 COMMENTS

काठमाण्डाै०७असाेज०७५/  लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथ ह्याम्पटनमाथी ३–० को जीत हासिल गरेसँगै लिभरपुल शीर्ष स्थानमा पुग्न सफल भएको हो।

प्रिमियर लिगमा यो सिजनमा ६ खेलमा ६ खेल नै जितेर प्रतिशत जित निकालेको लिभरपुलको अंक १८ पुगेको छ ।लिगमा साविकको विजेता म्यानचेस्टर सिटी तथा चेल्सी क्रमश: १६ र १५ अंकका साथ दोश्रो र तेश्रो स्थानमा छन्। सिटीले ६ खेल नै खेलिसकेको छ भने चेल्सीले ५ खेल मात्र खेलेको छ।

३-० ले पराजित गर्ने क्रममा लिभरपुलले आत्मघाती गोलबाट एक गोल उपहार पाउँदा बाँकी दुई गोल जोएल मटिप र मोहम्मद सालेहले गरेका थिए।सबै तीन गोल पहिलो हाफमा भएका थिए । खेलको १०औं मिनेटमा नै वेस्ले होइडले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता पायो जसलाई मटिपले २१ औं मिनेटमा दोब्बर पारे भने ४५ औं मिनेटमा सालेहले तेब्बर पारे।दोश्रो हाफमा दुबैटोलीले गोल गर्ने प्रयास गरे पनि केहि अवसरहरूले पोस्टको दिशा लिन सकेनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।