0 COMMENTS

गाईघाट०६साउन०७५ / जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

सर्वोच्चको आदेशानुसार विश्वकर्र्मालाई राजधानी लाने तयारी गरिएको पनि उनले बताए ।एक हप्ता अगाडि काठमाडौंबाट विश्वकर्मालाई उदयपुर ल्याएका थिए । जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।