0 COMMENTS

काठमाडौं ४ असोज०७५/ अक्टोबर १ तारिखदेखि बंगलादेशमा हुने बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक बंगलादेश फुटबल फेडेरेशनले सार्वजनिक गरेको ड्र मा नेपाल कठीन समूहमा परेको हो । समूह ए मा नेपालसँगै प्यालेस्टाइन र ताजिकिस्तान छन् । समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै फिलिपिन्स र लाओस छन् ।

खेल तालिकाअनुसार नेपालले अक्टोबर २ तारिखमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूहको अन्तिम खेलमा नेपालले अक्टोबर ६ तारिखमा प्यालेस्टाइनसँग खेल्नेछ ।बंगबन्धु गोल्डकपको सेमिफाइनल खेल अक्टोर ९ र १० तारिखमा हुनेछ भने फाइनल खेल १२ तारिखमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने नेपालले जितेको पुरस्कार राशी नपाएसम्म प्रतियोगितामा भाग नलिने बताएको छ । एन्फाले २८ तारिखसम्म आयोजकलाई पैसा उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।