0 COMMENTS

काठमाण्डाै०३असाेज०७५/  शुभम पावर लिमिटड (SPL) ले सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ५ लाख ८० हजार ५८० कित्ता आईपिओ जारी गर्ने माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले यसअघि सर्वसाधारणलाई चार लाख कित्ता आईपिओ निष्काशन गर्ने भनेको भएपनि गत जेठमा आयोजन प्रभावित संखुवासभाका स्थानीयलाई निष्काशन गरेको आईपिओ पुरै बिक्री नभएपछि थप एक लाख ८० हजार ५८० कित्ता समेत गरी उक्त परीमाणको आईपिओ जारी गर्ने भएको हो ।
कम्पनीले गत जेठ २० गते देखि स्थानीय बासिन्दका लागि १० प्रतिशत शेयर जारी गरेको थियो । स्थानीयलाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपिओ निष्काशन गरिएकोमा एक लाख ८० हजार ५८० कित्ता शेयर बिक्री हुन सकेको थिएन् ।

कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सीबीआईएल क्यापिट लिमिटेड रहेको छ ।दुई चरणको आईपिओ पश्चात कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत हिस्सा हुनेछ ।कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । सबैभन्दा कमजोर रेटिङ ग्रेड ५ प्राप्त गरेको कम्पनीले आय कर र सरकारलाई तिर्नुपर्ने रोयल्टीमा पनि छुट पाएको छ ।कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।

कम्पनीको व्यवसायिक उत्पादन पनि ३० महिना ढिला अर्थात् जुलाई २०११ बाट भएको थियो । कम्पनीले उत्पादन गरेको विद्युत् बर्षायाम प्रतिमेगावाट ३.९० रुपैयाँको दरमा र हिउदको लागि प्रतिमेगावाट ५.५२ रुपैयाँको दरमा किन्ने गरि विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । यो दरमा कुनै पनि वृद्धि नहुने गरि सम्झौता भएको हो ।

कम्पनीमा रिभर फल्स पावर लिमिटेडको ७०.२० प्रतिशत, न्याग्दी ग्रुप पावर नेपालको १२.३० प्रतिशत लगानी रहेको छ । यी दुवै कम्पनीमा प्रवद्र्धक शैलेन्द्र गुरागाई र उनीसम्बद्धहरुको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।