0 COMMENTS

काठमाण्डाै०३असाेज०७५/  युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभुरपुलले पीएसजीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा गरेपछि इंग्लिस क्लब लिभरपुले फ्रेन्च क्लब पीएसजीलाई ३–२ ले पराजित गरेको हो ।

समूह सी अन्तर्गत भंएको खेलमा ड्यानिएल स्टुरिज र जेम्स मिलनरले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा २–० को अग्रता दिलाएका थिए ।तर थोमस मुनिएर र किलियन एम्बाप्पेले गोल गरेपछि पीएसजी खेलमा पर्किएको थियो । खेल बराबरीमै अगाडी बढिरहेको बेला फिर्मिनोले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन् ।

यही समूहको अर्को खेलमा नेपोली एफके जेज्दासँग गोलरहित बराबरीमा रोकिएको छ ।यस्तै समूह ए को खेलमा एथलेटिको मड्रिडले मोनाकोलाई २–१ ले स्तब्ध बनाउँदा बोरुसिया डर्टमण्डले क्लब ब्रुगलाई १–० ले पराजित गरेको थियो ।यसैगरी समूह डी मा गालातासारेले लोकोमोतिभ मस्कोलाई ३–० ले पराजित गर्दा पोर्टव र साल्केले १–१ गोलको बराबरीमा रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।