0 COMMENTS

 मिलन चाम्लिङ ,धरान०२असाेज०७५/ भेडेटारबाट करिब ४ किलोमिटर पुर्वीउत्तरमा रहेको साँगुरीगढी गाउँपालिका ६ कोलबोटेमा आज दिउसो करिब साढे १ बजे दुर्घटना हुदा ४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको भेडेटारस्थित ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक हवल्दार रत्न दनुवारका अनुसार मुलघाटस्थित तमोर नदीमा असोज १ गतेको विश्वकर्मा पुजाको मुर्ति सेलाएर फर्कने क्रममा पिकअप भेन दुर्घटना भएको हो । गम्भीर घाइते भएका चालक भोजपुर षडानन्द नगरपालिका ४ का दिपेन्द्र खत्री, मोरंग बेलबारी ८ का वासुदेव चौधरी र सुन्दर हरैचाका १२ का सञ्जय चौधरीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको हवल्दार दनुवारले जानकारी दिए ।

सामान्य घाइते सुन्दर हरैचा १२ का १४ बर्षीय पुकार मास्के उपचार पछि घर फर्किसकेका छन् । दुर्घटनामा परेको को २ च ७९७ नम्बरको पिकअप भेन प्रहरी चौकी भेटेडारमा राखिएको छ । मोरंगको खोसार्नेबाट तमोर नदीमा पुजा सेलाउन गएकाहरु दुर्घटनामा परेका हुन् । ट्राफिक हवल्दार दनुवारका अनुसार अफ्ठ्यारो मोड नभएपनि कोलबोटेमा सवारी दुर्घटना भइरहन्छन् । ‘यो ज्यादै दुर्घटनाग्रस्त क्षेत्र हो । भेडेटारतिर गाडी दुर्घटना भयो कि त्यहाँ हो भनेर सोचे हुन्छ,’हवल्दार दनुवारले भने,‘यो पिकअप अनियन्त्रित भएर दुर्घटना भएको जस्तो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।