0 COMMENTS

मिलन चाम्लिङ, धरान ३१  भदाै /  आज देशैभर र्याली निकालिने क्रममा धरानले पनि एक्यवद्धता  जनाएको  छ ।बलात्कारीलाई कार्बाही गर, बलात्कार  बिरुद्धको कानुन कार्यान्वयन  गर , नारी जागरणको चेतना देउ,  बलात्कारिलाई निर्मम यातना देउ  , सरकार  देखाउ ईच्छा  खै त नारी सुरक्षा , बलात्कारिलाई सरक्षण गर्ने मतियार हो , बलात्कारी राजनैतिक सामाजिक  सरक्षण गर्नु अपराध  हो,  छोरी जन्माउन  मनलाग्छ दाइजो भन्दा बलात्कारको  डर लाग्छ  बलात्कारपछि हत्या  जस्ता नारा लागाउदै  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै ‘निर्मलाका निम्ति न्याय’ भन्ने नारासहित धरानमा महिला सन्जाल धरानको नेतृत्वमा दबाब र्याली निकालिएको  छ ।

दबाब  र्याली पस्चात लोकतान्त्रिक  चौतारीमा   कोणसभा गरिएको  छ  र्यालीलाई नेवार एकता समाज धरान र बिपि कोईराला स्वास्थ्य  बिज्ञान  प्रतिस्ठानमा अध्ययन  बिद्यार्थी , डाक्टर, प्रोफेसर लगायत ले पनि समर्थन गरेका थिए । काेणसभाालाई महिला अधिकारकर्मी मौसमी राई , ल्याक महिला  अध्यक्ष मिना पुलामी ,  परिवार नियोजन  सघको तर्फबाट स्यामा रेग्मी , निबर्तमान महिला सन्जाल अध्यक्ष  शिला बज्राचार्य ,  बिपि कोईराला  स्वास्थ्य  बिज्ञान  प्रतिस्ठानका विद्यार्थी  समुहबाट  अमृत  जोशी , सबिना सुयाल , डा. लिला बस्नेत लगायतले  बोलेका थिए ।  कोणसभालाई महिला सन्जाल वरिष्ठ  उपाध्यक्ष  चेतना श्रेङ्ले सम्बोधन गर्दै निर्माला पन्त जस्ता हजारौं  महिला दिदीबहिनी बलात्कारको सिकार बनु परेको र शारीरिक  अस्तित्व  लुटिएको ले अब महिलाहरु जिउको सुरक्षा  गर्न हतियार बोकेर हिड्नु पर्ने बाध्यता बनेको  र  सरकारले अपराधीलाई लुकाई रहेको र निर्मलाले न्याय  नपाए सम्पुर्ण नागरिक सचेत  भैइ  सडक सघर्सको यात्रा तय गर्न जरुरी रहेको बताए  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।