ढुंगा झार्दै गरेको टिपरमा करेन्ट लागेर दुईजनाको मृत्यु

2018-09-16   समाचार

उदयपुर३१भदाै०७५/  उदयपुरको चौदण्डी नगरपालिका–५ सिवाइमा करेन्ट लागेर शनिबार ४२ वर्षीय टिपर चालक कृष्णबहादुर कार्की र सहचालक १९ वर्षीय भक्तबहादुर खड्काको मृत्यु भएको छ । ना अ १३२९ को टिपरले सडकमा ढुङ्गा झार्दै गर्दा गाडीले विद्युत्को प्रशारण लाइनलाई छुन पुग्दा करेन्ट लागेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीले बताए ।
मृतक दुबैजना क्रमशः चौदण्डी नगरपालिका वडा नं ५ र ९ का बासिन्दा हुन् ।