ॐ शब्दकाे महत्व र यसकाे वैज्ञानिक अर्थ

संस्कृति सम्बन्धी एक अर्काे अभिलेखमा आज हामी तपार्इँलार्इ ॐ शब्दका बारेमा जानकारी गराउन गइरहेका छाैँ । ॐ शब्द कुनै एक खास धर्मकाे मात्र पेवा नभएर याे त ब्रह्माण्डमा सदाकाल गुञ्जिरहने शब्द हाे। आउनुहाेस् ॐ काे वैज्ञानिक महत्वका बारेमा विशेष जानकारी हासिल गराैँ।

ॐ शब्दकाे वैज्ञानिक अर्थ र यसकाे महत्व

ओ३म् शब्दमा हिन्दू, मुस्लिम, वा इसाई जस्ता कुनै सम्प्रदाय विशेषका मात्र कुरा छैन। बरू ओ३म् त कुनै न कुनै रूपमा सबै मुख्य धर्म संस्कृतिहरूकाे प्रमुख भाग वा हिस्सा हाे। उदाहरणका लागि यदि हिन्दूहरू अाफ्ना सबै मन्त्रहरू र भजनहरूमा यसलार्इ समावेश गर्छन् भने  इसाई और यहुदी पनि याे अाेम जस्तै एक शब्द “आमेन”  प्रयोग गर्छन् जसकाे उद्देश्य धार्मिक सहमति देखाउनु भन्ने हुन अाउँछ। हाम्रा मुस्लिम दाजुभाइ यसलार्इ “आमीन” भनेर सम्झन्छन् । बौद्ध धर्मावलम्बी यसलार्इ “ओं मणिपद्मे हूं” भनेर प्रयोग गर्दछन्। सिख मत पनि “इक ओंकार” अर्थात “एक ओ३म” कै गुण गाउँछन्।

१) अंग्रेजीमा एउटा शब्द छ “omni”, जसकाे अर्थ अनन्त र कहिल्यै समाप्त नहुने तत्त्वहरू भन्ने हुन अाउँछ (जस्तै omnipresent, omnipotent), पनि वास्तवमा यस ओ३म् शब्दबाट नै बनेकाे हाे। यसबाट पनि के सिद्ध हुन अाृँछ भने ओ३म् कुनै खास मत, धर्म वा सम्प्रदाय विशेषकाे नभएर सम्पूर्ण मानव मात्रकाे साझा सम्पत्ति हाे। कस्ताे साझा सम्पत्ति हाे भने ठिक त्यस्तै जस्ताे हावा, पानी, सूर्य, ईश्वर, वेद आदि सबै सिंगाे मानव जातिका लागि हाे, केवल कुनै एक सम्प्रदाय विशेषका लागि मात्र हाेइन।

 २) बोस्टन कनेक्टिकटकी एक वैज्ञानिक महिलाले ओ३म् माथि गहन शोध गर्ने क्रममा अत्यन्त रोचक तथ्य फेला पारिन्। ओमकाे आवृत्ति (frequency) र अाफ्नै कक्षकाे चारैतिर पृथ्वीकाे परिक्रमा गर्ने आवृत्ति (frequency of earth’s rotation around its own axis) समान छ।

 ३) वास्तवमा हरेक ध्वनिले हाम्राे मनमा केही न केही भाव उत्पन्न गर्दछ। सृष्टिकाे प्रारम्भमा जब ईश्वरले ऋषिहरूका हृदयमा वेद प्रकाशित गरे तब हरेक शब्दसँग सम्बन्धित तिनीहरूका निश्चित अर्थ ऋषिहरूले ध्यान अवस्थामा नै प्राप्त गरे।

४) ऋषिहरूका अनुसार ओ३म् शब्दका तीन अक्षरहरूबाट भिन्न भिन्न अर्थ निस्कन्छन्र। याे ओ३म् शब्द तीन अक्षरहरू मिलेर बनेकाे छ – अ, उ, म। प्रत्येक अक्षर ईश्वरका अलग अलग नामहरू अाफूमा समेटेर बसेका छन्। हिन्दू धर्मका अनुसार हेर्ने हाे भने ॐ शब्दमा ब्रह्मा-विष्णु-महेश तीनैकाे गुण रहेकाे पाइन्छ।

५) ओ३म् शब्द उच्चारण गर्नाले मानव शरीरका अलग अलग भागहरूमा कम्पन पैदा हुन्छन् जस्ताे कि ‘अ’:- शरीरकाे तल्लाे भाग (पेटकाे नजिक) कम्पन हुन्छ। ‘उ’- शरीरकाे मध्य भाग (छातीकाे नजिक) कम्पन हुन्छ। ‘म’- शरीरकाे माथिल्लाे भाग ( मस्तिकमा) कम्पन हुन्छ।

६)  ओ३म् यस ब्रह्माण्डमा त्यसरी नै व्याप्त भएकाे छ जसरी अाकाश व्याप्त छ। ओ३म् काे उच्चारण गर्नाले जुन आनन्द र शान्ति अनुभव हुन्छ, त्यस्ताे महान्र शान्ति कुनै अर्काे शब्दकाे उच्चारणबाट लेश मात्र पनि प्राप्त हुँदैन । त्यसै कारणले सबै स्थानमा अत्यन्त लोकप्रिय हुन पुगेकाे याेग आसन प्राणायामका कक्षाहरूमा ओ३मकाे उच्चारणकाे अतिशय महत्त्व छ। धेरै मानसिक तनाव र अवसादबाट ग्रसित मानिसहरूमा केही दिनमा नै यसकाे चटक जस्ताे प्रभाव हुने गर्छ। त्यसैले अचेल डाक्टर आदि पनि अाफ्ना बिरामीहरूलार्इ आसन प्राणायामकाे शिक्षा दिने गर्छन्।

यसका अनेक शारीरिक, मानसिक, र आत्मिक लाभ छन्। कतिसम्म भने यदि तपार्इँलार्इ यसकाे अर्थ पनि थाहा नपाइकन पनि यसकाे उच्चारण गृयाे भने पनि शारीरिक लाभ त हुन्छ नै। के साेच्नुपर्छ भने ओ३म् कुनै एक धर्मकाे निशानी हाे भन्ठान्नु गलत कुरा हाे।  ओ३म् भित्र यस्ताे किसिमकाे कुनै कुरा छैन जसले कसैकाे भगवान्/अल्लाहकाे अनादर हुन जाअाेस्। त्यसैले यसकाे उच्चारण गर्नुमा कुनै समस्या वा कठिनाइ छैन। अाेम शब्दका बारेमा अाम पाठकहरूलार्इ सुसूचित गर्ने अभिप्रायले हामीले याे अालेख इन्डियन नाेभाबाट नेपालीमा भावानुवाद गरी यहाँसमक्ष प्रस्तुत गरेका हाैँ ।