0 COMMENTS

काठमाण्डाै३१भदाै०७५/ बंगलादेशमा सम्पन्न १२ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ ।बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा ६ पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भारतले फाइनलमा सोँचे जस्तो प्रदर्शन भने गर्न सकेन । सुरुदेखि नै आक्रामक खेल खेलेको माल्दिभ्सले पहिलो हाफ र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।
१९ औं मिनेटमा माल्दिभ्सका लागि इब्राहिम मुहिद्दिन हसनले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।

उनले नजिज हसनको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको माल्दिभ्सले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । भने अन्तिम समयमा १ गोल भारतले गरेको थियो ।६६ औं मिनेटमा अलि फसिरले गोल गर्दै माल्दिभ्सलाई साफ च्याम्पियनसिपको उपाधि नजिक पु-याएका थिए ।

खेलको ९१औं मिनेटमा भारतका सुमित पासीले गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरेका थिए तर त्यसपछि कुनै गोल नभएपछि माल्दिभ्सले पहिलो उपाधि जितेको १० बर्ष पछि दोस्रो उपाधि हात पार्न सफल भयो । माल्दिभ्सले यसअघि यसअघि सन् २००८ मा पहिलो उपाधि जितेको थियो ।

भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो । माल्दिभ्सले नेपाललार्इ र भारतले पाकिस्तानलार्इ पराजित गर्दै फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।